थप ६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

थप ६ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले ६ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिले इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहबाट उपसचिवद्धय नरेन्द्र सुवेदी र दीप बराहीलाई बढुवा सिफारिस गरेको हो ।
यस्तै इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट नारायण प्रसाद आचार्य र टीकाबहादुर चौधरी बढूवाका लागि सिफारिस भएका छन् । यी चारै जना जेष्ठता र कार्यसम्पादन मुल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन ।

Advertisement 1

समितिले यस अघि लेखापरीक्षण सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव बढुवाका लागि सिफारिस गरेको छ ।
यस अघि प्रशासन सेवाका १५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry