अब हरेक नेपालीले नागरिक लगानी कोषबाट पेन्सन पाउने
नागरिक लगानी कोषले सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी ‘नागरिक पेन्सन योजना’ अगाडि ल्याएको छ। नागरिक लगानी कोषका अनुसार,कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने छ ।
Advertisement 1
यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । कृषि गर्ने, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका वा अरु कुनै पनि निजी क्षेत्रमा कार्यरत नेपाली नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ। तर बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्दछ।
यसमा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरूपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको छ । लगानी कोषका अनुसार यसरी आफूले बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन प्राप्त गर्दछ।
जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुनेछ। यदी कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता गरिने उनले बताए। तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।
Advertisement 2
अनलाइन रजिस्ट्रेशन सुचारु
नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेशन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने कोषले जनाएको छ ।
Advertisement 3
कसरी भर्ने ?
यसका लागि योजनामा सहभागी हुन http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पछि Register For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्ने छन् ।
पेन्सन पाउन योग्य हुने अवस्था
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपछि समेत एकमुष्ट रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्ने छन् ।