चार दिने सचिवलाई निर्वाचन आयुक्त बनाउने तयारी

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चार दिनका लागि सचिव नियुक्त भएका शंकर प्रसाद खरेल निर्वाचन आयुक्त बन्न शक्तिकेन्द्र धाइरहेका छन् । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेल घर गए पछि त्यहाँ एक आयुक्त पद खाली छ ।

Advertisement 1

खराललाई देउवा प्रधानमन्त्री हुँदा दरबन्दी नै नभए पछि रातारात सचिवको दरबन्दी सृजना गरेर बढुवा गरिएको थियो । सचिव बढुवा भएको चार दिनमै घर फर्किएका उनी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामार्फत निर्वाचन आयुक्त बन्ने गरी दौडमा लागेका हुन । ५८ वर्षे सेवा अवधि पूरा गरेर उनी माघ ४ गते सहसचिवबाटै घर जाने पक्कापक्की थियो । तर खरेलको चाह पूरा गर्न सचिवको दरबन्दी मात्र थपिएन कि ओएनएमसमेत गरिएको थिएन । ४ दिन पछि उनी अवकासमा गएसँगै थपिएको सचिवको दरबन्दी नै कटौती भएको थियो ।अहिले उनैलाई निर्वाचन आयुक्त बनाउने तयारी चल्दैछ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो । तर तेश्रो नम्बरका खरेललाई सचिवमा बढुवा गरिएको थियो र बढुवा भएको चार दिन पछि उनी स्वत अवकाश पाएर घर फर्किएका थिए ।

Advertisement 2

उनै चार दिने सचिवलाई निर्वाचन आयुक्त बनाउने तयारी हुँदैछ । अहिले आयोगमा दिनेश कुमार थपलिया प्रमुख निर्वाचन आयुक्तको कुर्सीमा छन् । यस्तै अन्य आयुक्तहरुमा रामप्रसाद भण्डारी,जानकी तुलाधर र सगुन शमशेर जवरा रहेका छन् ।

संवैद्यानिक आयोगका नियुक्तिहरु राजनीतिक दलका भागबण्डामा बाँडेर लिने गलत अभ्यास विकशित हुँदै गइरहेको छ । काँग्रेसको फेरो समाएर खरेल निर्वाचन आयुक्त खान लागिपरेका छन् ।

प्रकाशित :२०८० मंसिर २१, बिहीबार ०९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry