चैत १५ गतेबाट सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत १५ गतेबाट सुरु हुने परीक्षाका लागि प्रश्न पत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्री नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउनेजस्ता तयारी पूरा भएको बोर्डले जनाएको हाे ।

Advertisement 1

यस वर्षको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

प्रकाशित :२०८० चैत्र १२, सोमबार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry