न्याय सेवाका २७५ कर्मचारीको एकै पटक सरुवा,२३६ को पदस्थापन (सूचीसहित)

न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा न्याय सेवाका अधिकृतहरूको सरुवा गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो । जसअनुसार,कानुन समुहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना सरुवा भएका छनु । सरुवा हुनेहरुमा न्याय सेवा तालिम केन्द्रमा दरबन्दी रहेकी सहसचिव इन्दिरा दाहाल भट्टराई राष्ट्रपति कार्यालयमा सरुवा भएकी छन् । यस्तै निर्वाचन आयोगमा रहेका कानून तर्फका सहसचिव पुष्कर सापकोटालाई ऊर्जा मन्त्रालयमा पठाइएको छ ।
सरुवा सूची अनुसार,सरकारी वकिल समूह,राजपत्रांकित प्रथम श्रेणीका ७ जना सरुवा भएका छन् । यस्तै, न्याय समुह,राजपत्रांकित द्धितीय श्रेणीका ९ जना,कानुन समूह राजपत्रांकित द्धितीय श्रेणीका १ जना सरुवामा परेका छन् ।
यस्तै,राजपत्रांकित द्धितीय श्रेणीकै सरकारी वकिलहरु ५५ जना सरुवा भएका छन् ।
सूची अनुसार,न्याय समूह राजपत्राकित तृतीय श्रेणीका १०३ जना,कानुन समूहकै राजपत्राकित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जनाको सरुवा भएका छन् ।
यस्तै २३६ जनाको पदस्थापन गरिएको छ ।

Advertisement 1

न्याय सेवा आयोग

 

प्रकाशित :२०७८ आश्विन ९, शनिबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry