शुक्रवारे सास्ती

मार हान्न राखिएको खसी–बोकाको हालतमा छन्, सिडिओ र प्रहरी । चलाउनेले चलाइदिने भइपछि चल्नेहरुले ‘नाइँ’ भनेर केही लाग्दैन । सहसचिवलाई सिडिओ बनाउनुपर्ने नुवाकोट, ओखलढुंगा, सिन्धुपाल्चोक, रौतहट, बारा, स्याङ्जा, डडेल्धुरा, डोटी, अछाम, इलाम, भोजपुर र पर्वतमा उपसचिव कामु छन् । त्यसमाथि राजनीतिक वा प्रशासनिक शक्तिकेन्द्रको कुन ठाउँमा, कसका बारे के कुरा, कतिबेला लगाइन्छ– टुंगो छैन । गृहले प्रायः शुक्रबार त्यस्ता सिडिओहरुको काज सरुवा निकाल्ने गरेको छ । एउटा सिडिओले जिल्लामा जिम्मेवारी पाएपछि एक वर्षसम्म ढुक्कले काम गर्न पाउँछु भन्ने अवस्था छैन ।
‘त्यसैले शुक्रबार आयो कि मुटुको धड्कन बढ्छ’, एकजना सिडिओले इकर्मचारीलाई सुनाए ।

Advertisement 1

कस्तो विसंगति भने, हिजो मंगलबार दिउँसोसम्म गृहमा पोष्टिङ हुन बाँकी सहसचिवको संख्या चार थियो । जान मान्ने कोही भएनन् । किनभने, सिडिओ सुनिश्चित नगरे गृह जानु बेकार छ भन्दै सबै पन्छिरहेका छन् । किनभने, तिनले सम्हाल्नुपर्ने जिल्लामा उपसचिव खटाइन्छ । सामान्य प्रशासनले पदस्थापन गर्न बाँकी प्रदीप अधिकारीसहित भर्खरै १० सहसचिव बढुवा भएका छन् । तर, उनीहरुको पदस्थापन भएको छैन । फेरि केही दिनमा पाँच सहसचिवको बढुवा हुँदैछ ।

सहसचिवले विभागको महानिर्देशक, मन्त्रालयको कप्र वा सिडिओ नपाउने हो भने उनीहरुले ‘पाउने’ चिज अरु केही छैन । सचिव त खुला प्रतिस्पर्धाबाट सहसचिव भएपछि स्वतः भइहाल्छन् । त्यसैले ‘लम्पसारवादी’ उपसचिवलाई सहसचिवको ठाउँमा कामु दिएर सिडिओ बनाएपछि भने–भनेका काम–कुरा गर्ने भए । किनभने, उसलाई बढुवाको लोभ हुन्छ । प्रहरीमा पनि त्यसरी नै लत्रिएर काम गर्लान् भनेर कामुको अवधारणा आएको बताइन्छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry