असार महिनामै साढे ४२ अर्ब रकमानान्तर

सरकारले आर्थिक बर्षको अन्त्य अर्थात असार महिनामा मात्र ४२ अर्ब ५५ करोड २५ लाख रुपैयाँ रकामान्तर गरेको भेटिएको छ । यो कूल बजेको झण्डै ४० प्रतिशत हुन आउँछ ।
महालेखाको प्रतिवेदनले अर्थ मन्त्रालयले बजेट खर्चमा चोरबाटोको प्रयोग गरेर रकमान्तर गरेर खर्च गरेको देखिएको हो । महालेखाले आर्थिक वर्ष २०७७/ ०७८ को लागि छुट्टाइएको १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बजेट मध्ये आषाढ महिनामै ४२ अर्ब र आषाढ अन्तिम हप्तामा ६ अर्ब ११ करोड २० लाख रुपैयाँ रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थप गरेको छ।

Advertisement 1

सुरु बजेट व्यवस्था नभएका विभिन्न ११ कार्यक्रममा रकमान्तर गरी १ अर्ब ३१ करोड ९७ लाख ४५ हजार रुपैयाँ बजेट कायम गरी १ अर्ब १४ करोड ७२ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ। बजेट विनियोजन नभएको कार्यक्रममा रकमान्तरबाट थप गरी खर्च गर्नु उल्लेखित नियमावली तथा बजेट सिद्धान्त अनुरूप नदेखिने महालेखा परीक्षक कार्यलयले जनाएको छ।
मन्त्रालयले सुरुको बजेटको १११ दशमलव ६२ प्रतिशत रकमान्तर गरेको हो। संवैधानिक निकाय, आयोग वा मन्त्रालय मातहतका कार्यालय, प्रदेश तह र स्थानीय तहलाई रकम थप गरेको २ अर्ब ७६ करोड खुद बजेट कायम गरेकोमा जम्मा १५ करोड मात्रै खर्च भएको थियो।

बाँकी रहेको २ अर्ब ६१ करोड बजेट खर्च हुन नसक्ने अवस्थामा पनि विभिन्न बजेट उपशीर्षकबाट रकमान्तर गरी थप रकम ल्याएको अवस्था रहेको महालेखाले औंलाएको छ।

प्रकाशित :२०७९ असार ३०, बिहीबार ०६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry