प्रावि शिक्षकलाई शिक्षा शाखाको प्रमुखमा नियुक्त गर्न अध्यक्षको दबाब

अदानचुली गाउँपालिका हुम्लाले शिक्षकलाई शिक्षा शाखाको प्रमुखको जिम्मेवारी दिएको खुलेको छ। कार्यरत शिक्षा शाखा प्रमुखको जिम्मेवारी खोसेर एउटा विद्यालयका प्रावि शिक्षकलाई शिक्षा शाखाको प्रमुखको जिम्मेवारी दिइएसँगै पालिकाकै जनप्रतिनिधिहरुले व्यापक असन्तृष्टि पोखेका छन् ।
पालिकाको अध्यक्ष मोहन विक्रम सिंहले शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत मनदत्त ढकालको काम तथा कार्यलय सञ्चालनमा गैह्र जिम्मेवारी,विभेदपूर्ण र पालिकाभित्र विभेद निम्ताउने खालको भएको र पटक पटक सचेत गराउँदा समेत अटेर गरेका कारण उनलाई जिम्मेवारीबाट हटाई विद्यालयका शिक्षक विष्णु लाल जैशीलाई खेलकुद तथा शिक्षा शाखाको प्रमुखको जिम्मेवारी तोक्न प्रमुख प्रशासकीय अधिकृत गिमन थापा मगरलाई निर्देशन दिएका हुन ।
Advertisement 1
मगरलाई दिइएको निर्देशनमा ज्ञानोदय माविका शिक्षक विष्णु लाल जैशीलाई शिक्षा तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी दिन निर्देशन दिएका छन् ।
जबकी शिक्षा नियमावलीले शिक्षकलाई शाखा प्रमुख बनाउने सम्बन्धी कुनै प्रावधान छैन। पालिकामा उनीमाथि माथिका अन्य अधिकृतहरु हुँदा हुँदै वाइपास गरेर विद्यालयका शिक्षकलाई शिक्षा तथा खेलकुद शाखाको प्रमुखको जिम्मेवारी दिइएको प्रति पालिकाकै कर्मचारीहरुले असन्तृष्टि पोखेका छन् ।
Advertisement 2
पालिकाका उपाध्यक्ष कर्ण रोकायाले अहिलेसम्म शाखामा बसेर खटन पटन अनुसार राम्रो काम गरिरहेको कर्मचारीलाई जिम्मेवारीबाट हटाएर राजनीतिक रुपमा आफू निकटका शिक्षकलाई अवैद्य ढंगले शाखा प्रमुखको जिम्मेवारी दिन खोजिएको प्रति असन्तृष्टि पोखे ।
यस अघि पनि गत बर्ष फागुनमा तिनै शिक्षकलाई पालिकाको शाखा प्रमुख बनाएर जिम्मेवारी दिइएको थियो । तर दुई चार दिन कार्यालयमा आएर काम गरे । शिक्षकलले पालिकाको शाखा प्रमुखको जिम्मेवारी चलाउन सकेनन् र फिर्ता भए । अहिले फेरि तिनै शिक्षकलाई अवैद्य ढंगले शिक्षा शाखाको प्रमुख बनाउन खोजिएपछि पालिकाभित्रका जनप्रतिनिधिहरुले असन्तृष्टि जनाएका छन् ।
Advertisement 3
प्रमुख प्रशासकीय अधिकृत गिमन थापा मगरले आफू अहिले बिदामा रहेकोले अध्यक्षको निर्देशन कार्यन्वयन भइनसकेको प्रतिक्रिया दिएका छन् ।

















