यातायात मन्त्रालयका केही सहसचिवको जिम्मेवारी हेरफेर, सडक विभागमा पुन: थापा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केही सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्री रेणुकुमारी यादवले मन्त्रीस्तरीय गर्दै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो । जसअनुसार मन्त्रालयको योजना र निर्माण महाशाखामा कार्यरत अर्जुनजंग थापालाई पुन सडक विभागको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । ०४९ पुस १९ मा इन्जिनियरका रूपमा सरकारी सेवा प्रवेश गरेका थापा यस अघि पनि सोही विभागका महानिर्देशकका रुपमा कार्यरत थिए ।

Advertisement 1

०७७ फागुनमा महानिर्देशक बनेका उनलाई ०७८ पुसमा रेणुकुमारी यादव मन्त्री भएको दुई महिना पछि मन्त्रालय तानेर शिवहरि सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो। महिना दिन अघि नै उमेर हद लागेर सापकोटा घर फर्किएसँगै सहसचिव शिव नेपालले सडक विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । नेपाललाई योजना महाशाखा हेर्नेगरी मन्त्रालयमा तानिएको छ भने भीमार्जुन अधिकारीलाई सडक विभागको योजना महाशाखा हेर्नेगरी खटाइएको छ भने भीमार्जुनको स्थानमा श्याम खड्कालाई पठाइएको छ ।

प्रकाशित :२०७९ जेष्ठ २६, बिहीबार ०७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry