विशेष अदालतमा नयाँ टिम,कमाण्डर तोकिए कुँवर

विशेष अदालतमा नयाँ नेतृत्व सिफारिस भएको छ । हिजो बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्ति सिफारिस गरेको छ । उच्च अदालत पाटनमा कार्यरत न्यायधीश कुँवरलाई विशेष अदालतको अध्यक्ष नियुक्तिको सिफारिस गर्दै परिषद्ले विशेषका अध्यक्ष श्रीकान्त पौडेललाई उच्च अदालतको मुख्य न्यायाधीशका रुपमा सिफारिस गरेको छ ।

Advertisement 1

विशेष अदालत ऐन, २०५९ को दफा ६ बमोजिम यस खास किसिमका मुद्दाको सुरू कारवाही र किनारा गर्ने क्षेत्राधिकार पाएको विशेषले विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएका भ्रष्टाचारसम्बन्धी मुद्दाहरू (घुस तथा रिसवत, राजश्व चुहावट, अनियमितता, रकम हिनामिना, गैरकानूनी सम्पत्ती आर्जन, नक्कली प्रमाणपत्रका अलवा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट दायर भएका सम्पत्ती शुद्धीकरण सम्बन्धी मुद्दाको सुनुवाई गर्दै आएको छ ।
एक अध्यक्ष र पाँच जना सदस्य समेत रहने गरी ६ जना न्यायाधीशहरुको दरबन्दी रहेको विशेषमा सामान्यतया ३ जना सदस्य रहने दुईवटा इजलास रहेका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको छ। खुसीप्रसाद थारु भने सदस्यमा यथावत् छन्।

प्रकाशित :२०८० मंसिर ६, बुधबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry