एयरपोर्ट घटनाको छानबिन गर्न बन्यो अध्यागमनको डिजीको संयोजकत्वमा ९ सदस्यीय कमिटि
गृह मन्त्रालयले यही साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घटनाबारे छानविन गरी ९ सदस्यीय समितिगठन गरेको छ । गत फागु्न ९ गते कतारको दोहा उड्न लागेको नेपाल वायुसेना निगमको विमानमा एक युवा पासपोर्ट र भिसाविना प्रवेश गरेका थिए । सोही घटनाको छानविन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय कमिटि गठन गरिएको हो ।समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले ध्यानाकर्षण गरेको छ ।
Advertisement 1
प्रकाशित :२०७८ फाल्गुन १३, शुक्रबार १३:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%