लाखौं निजामती कर्मचारी मध्ये एक जना पनि भेटिएन् सर्बाेत्कृष्ट
सरकारले निजामती सेवा भित्र एक जना पनि सर्बोत्कृष्ट कर्मचारी पाउन सकेन । हरेक बर्ष २२ भदौलाई निजामती सेवा दिवसको रुपमा बनाइदै आएको छ र सो दिवसको अवसरमा कार्यसम्पादनमा सर्वोत्कृष्ट १ जना,उत्कृष्ट १० जना र ३० जनालाई निजामती सेवा पुरस्कार दिँदै आएको छ ।
सरकारले विगतको बर्षमाझैं यसपटक पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन् । विगत चार बर्षदेखि यो पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । संघ,प्रदेश र स्थानीय तह गरी झण्डै ९५ हजार कर्मचारी निजामती सेवामा कार्यरत छन् । तीमध्ये एक जना पनि सर्वाेत्कृष्ट कर्मचारी फेला नपरेको हो ।
Advertisement 1
सरकारले हरेक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवस बनाउँदै आएको छ र निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।
सर्वोत्कृष्ट हुनका लागि करिब एक दर्जन जति आधारहरू मानिँदै आएको छ ।
Advertisement 2
एक जनाले मात्रै पाउने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको, व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको जस्ता आधारहरू तय गरिएको छ ।