सिडिओका लागि दौडधुपः प्रधानमन्त्रीले बल गरे सिंह, गृहमन्त्रीको बल पुगेमा रिजाल

गृह मन्त्रालयले काठमाडौं लगायत ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर तयारी थालेको छ ।

Advertisement 1

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीलाई एक वर्ष नपुगी हटाउने तयारी भइरहेको छ । जहाँ आधा दर्जन सहसचिवको दौड छ ।
सरकारले सहसचिव सरुवाको तयारी गरेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह, कांग्रेस निकट भनेर चिनिएका यज्ञ कोइराला, त्यस्तै गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख गोविन्द रिजाल, श्रम मन्त्रालयका सहसचिव विनोद सिंह, गृहकै शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र पोखरेल देखि तिर्थराज भट्टराई लगायत काठमाडौंको सिडिओ हुने दाउमा छन् ।

जसमध्य प्रधानमन्त्री देउवाले जोडबल गरेमा सिंहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउने छन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणको बल पुगेमा काठमाडौंको प्रशासन रिजालको नेतृत्वमा पुग्नेछ । सिंह एक वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । यसअघि उनले ११ महिना वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए ।

Advertisement 2

त्यसअघि उनले एक वर्ष उद्योग विभागको महानिर्देशक र ६ महिना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा काम गरिसकेका छन् । रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए । त्यसअघि उनले करिब २ वर्ष दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । सिंह एक वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । यसअघि उनले ११ महिना वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले एक वर्ष उद्योग विभागको महानिर्देशक र ६ महिना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा काम गरिसकेका छन् । रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए । त्यसअघि उनले करिब २ वर्ष दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

 

प्रकाशित :२०७८ भाद्र १६, बुधबार १४:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम