नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माणको काम कपिलवस्तुमा सुरु

सशस्त्र प्रहरी बल नेपालद्वारा कपिलवस्तु जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ ।

Advertisement 1

सशस्त्र प्रहरी बल नेपाल नंं ५ बिन्ध्याबासिनी बाहिनीद्वारा लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.-२ लिङ्कगेट स्थित रहेको सहायक सीमा स्तम्भ नं. ५६७/०१ नम्बरको स्तम्भको मरम्मत तथा रङ्गरोगन गरेर  अभियानको शुरुवात गरिएको छ ।

Advertisement 2

बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले सीमास्तम्भको मरम्मत तथा रङ्गरोगन गरेका छ्न ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री, भारतिय एसएसबी ५० बीएन् बलरामपुरका बिकास दिप सिंह, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, सशस्त्र प्रहरी बल नेपाल नं. २६,२७,२८ र २९ गणका गणपतिहरु, कपिलबस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, नापी बिभागबाट नापी अधिकृत पवन कुमार खत्री, कपिलबस्तु जिल्लाका प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपतिहरु, बि.ओ.पि.पतिहरु र सीमा ईलाकामा जोडिएका वडाका वडाध्याक्षहरुको उपस्थिति थियो ।

Advertisement 3

२०७७ साउन १९ गतेको नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय भएबमोजिम नेपाल–भारतको सीमाक्षेत्रमा रहेका सीमास्तम्भमध्ये विजोरा नम्वरका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार रङ्गरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सशस्त्र प्रहरी बल नेपालले सो कार्यको थालनी गरेको छ ।

लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलो मिटर सीमा भारतसँग जोडिएको छ। जसमा ८ सय ८८ वटा सीमा स्तम्भ रहेको नापी विभागका पवन कुमार खत्रीले बताए। जस मध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ। लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाँके र बर्दियामा रहेका सीमा  स्तम्भहरुको मर्मतको काम सुरु हुने बाहिनी पति खत्रीले बताए। नेपालमा भने कुल ८ हजार ५५३ सीमा स्तम्भ छन। कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए।

प्रकाशित :२०८० मंसिर १५, शुक्रबार २१:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry