न्यायाधीश नियुक्तिमा भागबन्डा,भावी प्रधानन्यायधीश अहिले ‘फिट’

न्याय परिषद्ले सर्वाेच्च अदालतमा ६ न्यायधीश नियुक्ति सिफारिस गरेको छ । सिफारिस भएकामध्ये उच्च अदालतका ४ न्यायाधीश र २ वरिष्ठ अधिवक्ताको नाम सिफारिश गरेको हो ।
बैठकले न्यायाधीशहरूतर्फबाट महेश शर्मा पौड्याल, सारङ्गा सुवेदी, टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमान तथा कानून व्यवसायीतर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिश गरेको छ ।

Advertisement 1

उनीहरुमध्ये पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुन् । पोखरेल कांग्रेस निकट तथा ढकाल एमाले निकट कानून व्यवसायी हुन् । सर्वोच्चमा माओवादीको कोटाबाट न्यायधीश नियुक्त हुन बाँकी छ ।सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेकोमा हाल १४ जना मात्र कार्यरत छन् । ७ न्यायाधीश रिक्त रहे पनि ६ जनाको नाम मात्र सिफारिश गरिएको हो ।माओवादीबाट एक जना बरिष्ठ अधिवक्ता सर्वाेच्चको न्यायधीशका लागि सिफारिस हुनेछन् ।

नियुक्ति गरिँदा भावी प्रधानन्यायधीशको रुपमा टेकप्रसाद ढुंगानालाई फिट गरिएको छ । कानुनको सहसचिव ०७३ पुस २९ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। हाल उनी उच्च अदालत पाटनमा कार्यरत छन्। उनी २०९३ असार ९ गतेबाट नेपालको ३७औँ प्रधानन्यायाधीश बन्न सक्नेछन्।

प्रकाशित :२०८० मंसिर ६, बुधबार ०७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry