स्वास्थ्यका ६ उपसचिवको जिम्मेवारी हेरफेर र सरुवा

स्वास्थ्य मन्त्रालयले ६ उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका अनुसार उपसचिवहरु प्रमोद सिंखडा,तारानाथ लुइटेल,भानुभक्त न्यौपाने,कृष्णप्रसाद लम्साल,बाबुराम घिमिरे र प्रकाश अचार्य र रोशनी कार्कीहरुको सरुवा तथा पदस्थापन भएको हो । मन्त्रालयको कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडालाई राष्टिय योजना आयोगमा पठाइएको छ । कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव दामोदर रेग्मीसँगै रहेर कर्मचारी समायोजन संशोधनको काम हेरिरहेका सिंखडालाई योजना आयोगमा पठाएर त्यहाँ बाबुराम घिमिरे पदस्थापन भएका छन् । यस्तै नीति योजनामा प्रकाश आचार्यको पदस्थापन भएको छ । त्यहाँ रहेका तारानाथ लुईटेललाई अन्यमा राखिएको छ । त्यहाँ यसअघि भवनाथ खतिवडा रहेका थिए । यस्तै आन्तरिक प्रशासन तर्फ भानुभक्त न्यौपानेलाई ल्याइएको छ । उनी यसअघि राष्टिय क्षयरोग केन्द्रमा थिए । आन्तरिकमा रहेका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा पठाइएको छ ।

Advertisement 1

यस्तै मन्त्रालयको जेसी एकाईमा रोशनी कार्की आएकी छन् । सो एकाईमा यसअघि रहेका ईश्वरी अर्याल बढुवा भएपछि सो पद खालि रहेको थियो ।

प्रकाशित :२०७७ फाल्गुन १५, शनिबार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry