कुन मन्त्रालयलाई कति बजेट ?

aartha manrti

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट बक्तव्य सार्वजनिक गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन,कोभिड १९ नियन्त्रण तथा रोकथामका अलवा शिक्षा, भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।सबैमभन्दा बढी बजेट शिक्षा क्षेत्रलाई छुट्याइएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/ ७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका हुन् । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ । यसपछि भौतिक पूर्वाधार,स्वास्थ्य तथा जनसंख्या,उर्जा शहरी मन्त्रालयलाई ठूलो बजेट छुट्याइएको छ ।

Advertisement 1

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय– १ खर्ब ८० अर्ब

गृह  :-१ खर्ब ६६ अर्ब ९० करोड ३५ लाख

Advertisement 2

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय– १ खर्ब ६३ अर्ब ३७ करोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय– १ खर्ब २२ अर्ब ७७ करोड

Advertisement 3

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय– १ खर्ब २१ अर्ब ९७ करोड

शहरी विकास मन्त्रालय– ४१ अर्ब २० करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय– २७ अर्ब ४७ करोड

वन तथा वातावरण मन्त्रालय– १४ अर्ब १३ करोड

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय– ४५ अर्ब

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– १४ अर्ब

युवा तथा खेलकुद मन्त्रालय– २ अर्ब ७४ करोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय– १ अर्ब २० करोड

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय– ३० अर्ब ८३ करोड

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय– ७ अर्ब ७४ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय– ८ अर्ब २१ करोड
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (भूकम्पपछिको पुनःनिर्माणका लागि)– ३३ अर्ब ५५ करोड

प्रकाशित :२०७८ जेष्ठ १६, आईतवार ०७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry