कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं। विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बलजफ्ती विवाद निम्त्याएर पुनः टेन्डर आह्वान गरेको ठेक्काको प्रक्रिया रोक्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। पटन उच्च अदालतले विद्युत् प्राधिकरणका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै २ अक्टुबारमा प्रकाशित पुनः टेन्डरको सूचनाअनुसारको काम नगर्नू, नगराउन भनेको हो।

Advertisement 1

मंगलबार बसेको न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले उक्त आदेश दिएको हो। ‘सार्वजनिक खरिद पुनरावलोकन समिति समितिको २०८० फागुन २० गतेको निर्णयबाट ठेक्का सम्बन्धमा पुनः मूल्यांकन गर्न आदेश भएकोमा नेपाल विद्युत् प्राधिकरणबाट उक्त ठेक्का रद्द गरी पुनः बोलपत्र आह्वान गर्नेगरी २ अक्टुबर २०२४ मा सूचना प्रकाशित गरेको देखियो,’ अल्पकाली अन्तरिम आदेशमा भनिएको छ, ‘विषयवस्तुको गम्भीरता र सुविधा सन्तुलनको आधारमा अन्तरिम आदेश सम्बन्धी छलफलको मितिसम्मका लागि प्राधिकरणका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

यसअघि २ अर्ब ३९ करोड रुपैयाँ लागत अनुमान गरिएको ठेक्कामा कुलमान घिसिङका दाई गणेश घिसिङ एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन कुलमानले कम्पनीको बोलत्रप संशोधन गर्न लगाएका थिए।

Advertisement 2

बोलपत्र संशोधन गरेरै कानुनविपरित घिसिङले जबर्जस्ती गर्न थालेपछि कानुनअनुसार ठेक्का पाउनुपर्ने चिनियाँ कम्पनीका प्रतिनिधिले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। मंगलबार अल्पकालीन अन्तरिम आदेश गरिएको उक्त मुद्दाको अन्तरिम आदेशसम्बन्धी छलफलको मिति यही कार्तिक १२ गते तोकिएको छ।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

Advertisement 3

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी, जसले गरे बोलपत्र संशोधन

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण

कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार

पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे

प्रकाशित :२०८१ कार्तिक ७, बुधबार १५:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry