महेश बस्नेत र दुर्गा प्रसाईलाई माइतीघरमा कार्यक्रम गर्न बन्देज,सिडिओ कार्यालयले बोलायो छलफलमा

 

Advertisement 1

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलका लागि डाकेको छ ।
७ मंसिरमा दुवै पक्षले माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरिरहेका छन ।युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा कार्यक्रम नगर्न आग्रह गर्दै दुबै पक्षलाई छलफलका लागि डाकेको हो। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement 2

बस्नेत र प्रसाईंले एकै दिन एकै ठाउँमा कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले मण्डलमा कार्यक्रम गर्न नदिने भएको हो। जिल्ला प्रशासन कार्यालयले यस बिषयमा छलफलका लागि डाकेको छ । जिल्ला प्रशासन कार्यालयले दुबै पक्षको भेलाका लागि छुट्टा छ्ट्टै स्थान तोकिदिने तयारी गरिरहेको छ ।

प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न रोक लगाउने भएको छ ।यता दुर्गा प्रसाईंको सचिवालयले भने ७ मंसिरमा माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने जनाएको छ ।

प्रकाशित :२०८० मंसिर ४, सोमबार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम