कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिना नियन्त्रणमा

sena

 

Advertisement 1

नेपाली सेनाले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्नेल कुलदिप तिमिल्सिना पक्राउ परेका छन् । प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध विद्रोहको षड्यन्त्र गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्रोतको भनाई छ ।

यद्यपि नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले भने आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement 2

उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवैलाई सैनिक मुख्यालय भद्रकाली काठमाडौंको हिरासतमा राखिएको छ।

 

Advertisement 3

 

प्रकाशित :२०७९ फाल्गुन १७, बुधबार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry