१७ करोड अपचलन गरेको आरोपमा डिडिसीका महाप्रबन्धक झा जिम्मेवारीमुक्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जीवकुमार झालाई मन्त्रालय तानेको छ ।कृषिमन्त्री डा. बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो ।
मन्त्रालय स्रोतका अनुसार दुग्ध किसानबाट दूध खरिद गरेबापत करिब ६ देखि ७ महिनाको ८५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न नसकेको, गत आर्थिक वर्षमा स्वदेशमा तरल दूध फालाफाल भइरहेको अवस्थामा भारतबाट दूध आयात गर्न लबिङ गरेको, संस्थानभित्र विभिन्न प्रकारका अनियमितता भेटिएको अभियोगमा महाप्रबन्धक झालाई मन्त्रालयमा तानिएको छ । १४ चैत ०७८ मा नियुक्त भएका झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको छ ।
डिडिसी ०७८/७९ मा ३७ करोड र ०७९/८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको छ । ‘दुवै वर्ष संस्थान घाटामा जानुमा महाप्रबन्धक झाको कार्यशैली मुख्य जिम्मेवार रहेको मन्त्रालयको बुझाइ छ,’ स्रोतले भन्यो । साथै संस्थान सुधार गर्न विभागीय मन्त्री बेदुराम भुसालले पटक–पटक दिएको सुझाव र निर्देशनसमेत कार्यान्वयनमा नल्याएको अभियोग झामाथि लागेको छ ।
मन्त्रालयले म्याद नाघेको दुग्धजन्य अखाद्य पदार्थसमेत डीडीसीले समयमा नष्ट नगरेको, महाप्रबन्धकको रूपमा उनी आएपछि गत आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड र आर्थिक वर्ष २०७९/८० मा ६० करोड रुपैयाँ गरी ९७ करोड घाटा डीडीसीले व्यहोर्न बाध्य भएको अभियोग लगाएको छ ।
प्रकाशित :२०८० पुष २४, मंगलवार ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry