कर्मचारी समायोजनसम्बन्धी मुद्धा ‘लगाउ’मा राख्न आदेश

सर्वाेच्च अदालतले कर्मचारी समायोजनसँग जोडिएको मुद्दामा एउटै लगाउमा राख्ने आदेश दिएको छ । सर्वाेच्चका न्यायधीशद्धय इश्वरप्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले कर्मचारी समायोजनसँग जोडिएका मुद्धाहरु लगाउममा राख्न आदेश दिएका हुन । समायोजनसँग जोडिएका विभिन्न १६ थान मुद्धा सुनुवाईको क्रममा सर्वाेच्चले यस्ता  अरु पनि मुद्धाहरुलाई एउटै मुद्धामा राख्न आदेश दिएका हुन ।

Advertisement 1

लोकसेवा आयोगलाई विपक्षी बनाउँदै नर्वेश राय,नरेन्द्र बहादुर खाती,प्रवीण खनाल,विनोद कान्त झा,विनोदकुमार यादव,मनोज कुमार झा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर शर्मिला बञ्जाडे,सन्तोष आचार्य,खगेन्द्र पौडेललगायतका १६ थान मुद्धा एकै ठाउँमा राखेर आज सुनुवाई हुँदा यस्ता प्रकृतिका  मुद्धालाई एउटै लगाउमा राख्न आदेश दिएको छ । यो मुद्धाको सुनुवाईका लागि अर्काे पेशी ०७९ साल वैशाख २७ गतेलाई तोकेको छ ।

प्रकाशित :२०७८ चैत्र २८, सोमबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry