अध्यागनका डिजी तानिए मन्त्रालय,तत्काल कुनै जिम्मेवारी नदिइने

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

Advertisement 1

सुन काण्डमा शंकाको सुँइ उनीतिर समेत सोझिए पछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो । सेटिङ कलामा पारंगत कर्मचारीका रुपमा चिनिन्छन् झलकराम अधिकारी । प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी । राजश्व सेवा समूहबाट नउठेका उनी जता जात मनग्य राजश्व मार्न पाइन्छ भन्दै खोजेर र रोजेरै ती अड्डामा पुगेका देखिन्छ,उनको विवरण हेर्ने हो भने  । साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागमा जिम्मेवारी पाएका झलकरामलाई साढे चार महिनामै सिंहदरबारमै तानी अध्यागमन विभागको हाकिम बनाएर पठाइएको थियो ।

यस अघि देउवाको सरकार हुँदा साढे चार महिना मात्र पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा रहेका उनी सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका पात्र हुन् । निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, पावर पुगेका र पैसा पेल्न सक्ने कर्मचारीको हकमा यस्तो नियम लागू भएको देखिदैन ।

Advertisement 2

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो।  अधिकारीलाई गृह मन्त्रालयले अतिरिक्तमा राख्नेगरी बिहीवार मन्त्रालयमा तानेको हो ।

सुन तस्करी प्रकरणका मुख्य गिरोह दावासँगको संवाद बाहिरिएपछि उनको जिम्मेवारी खोसेर गृहमा तानिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०८० भाद्र ७, बिहीबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry