अख्तियार भन्छ :- प्रशासनका कर्मचारी घुस्याहा, अधिकृत सबैभन्दा भ्रष्ट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार प्रशासन र प्राविधिक सेवाका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको भेटिएको छ ।
Advertisement 1
अख्तियारले हालै सार्वजनिक गरेको ३३ औं बार्षिक प्रतिवेदन केलाउँदा प्रशासन र प्राविधिक कर्मचारी सबैभन्दा घुस्याहा रहेको विवरण सार्वजनिक भएको हो ।
आर्थिक बर्ष ०७९ ८० मा दर्ज भएका घुस रिसवतसम्बन्धी मुद्धाको प्रतिवादीको पदगत र पेशागत विवरण अनुसार प्रशासन,प्राविधिक,प्रहरी,शिक्षक,निर्वाचित वा मनोनीत जनप्रतिनिधि,मतियारमध्ये प्रशासन र प्राविधिक सेवाका कर्मचारी उत्तिकै संख्यामा घुस्याहा रहेको विवरण सार्वजनिक गरिएको छ ।
Advertisement 2
त्यहाँ दर्ज भएका घुस रिसवत सम्बन्धि मुद्धामा २९ जना राष्ट्रसेवक डामिएका छन् ।
आयोगको प्रतिवेदन अनुसार कर्मचारीहरुले कानुनले तोकेको निश्चित प्रक्रिया पूरा गरेपछि कार्यालयबाट नियमअनुसार पाउनुपर्ने सेवामा समेत केही कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको भेटिएको उल्लेख गरेको छ । कर्मचारीहरुले एक हजारदेखि एक करोड बढीसम्म रिसवत लिएको अख्त्यिारले भनेको छ । यसरी घुस अर्थात रिसवत लिनेमा १ जना उपसचिव वा सो सरहका कर्मचारी रहेको आयोगले जनाएको छ । १३ जना शाखा अधिकृत रहेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन अनुसार,सबैभन्दा घुस्याहा शाखा अधिकृत रहेको भेटिन्छ । यस्तै नायब सुब्बा ९ जना,खरिदार ४,सहायक कर्मचारी २ जना अख्तियारको फन्दामा परेका छन् । बिचौलिया वा मतियार १२ र निर्वाचित प्रतिनिधि ५ जनालाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।
Advertisement 3
अख्तियारले मुद्धा चलाएकामा प्रशासनतिरका धेरै छन् । प्रशासनका १३ र प्राविधिक १२ कर्मचारी अख्तियारको फन्दामा परेका हुन । प्राविधिकतर्फको एक जना उपसचिव अख्तियारको फन्दामा पर्दा शाखा अधिकृत (प्रा) ७,नासु ३,खरिदार १ जनालाई अख्तियारले मुद्धा चलाएको छ ।
घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका ६ शाखा अधिकृत,४ जना नायब सुब्बा,१ जना खरिददार र २ साहायक कर्मचारी छन् । प्रहरीतर्फका ४ जना समेत यही मेलोमा मिसिएका छन् ।यस अघि सुब्बा तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको देखिएकोमा यो प्रतिवेदनमा अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा हुने उल्लेख गरेको छ ।