तीन सचिवको सरुवा, एकको पदस्थापन
सरकारले तीन सचिवको सरुवा गरेको छ । यस्तै एक सचिवको पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरु गोपीनाथ मैनाली,केदार न्यौपाने र रामप्रसाद थपलियाको सरुवा भएको छ । यस्तै हालै सचिवमा बढूवा भएका मधु मरासिनीलाई नयाँ जिम्मेवारी दिइएको छ ।
Advertisement 1
अस्ति सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि सुधार मन्त्रालयबाट सरुवा गरी अतिरिक्तमा राखेका एक, बढुवापछि पदस्थापन हुन बाँकी एक र अन्य दुई सचिवको सरुवा गरी चार जनाको सरुवा तथा पदस्थापन गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयको पठाइएको छ । त्यहाँका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै हालै मात्र बढूवा भएका मधु मरासिनीलाई गोपीनाथ मैनालीको ठाउँमा खटाइएको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै पदस्थापन गरेको छ ।