एक लाख २५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
Advertisement 1
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सोमबार सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीसँग लिएको ७० हजार नगद र ५५ हजारको चेकसहित उनीहरूलाई भद्रपुर नगरपालिका–७ चन्द्रगढीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।
Advertisement 2
भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा एक लाख पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।