स्वास्थ्य सामाग्री खरिद प्रकरणमा कालोसूचीमा परेको ओम्नी ग्रुपलाई ‘क्लिन चिट’
स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको चार्ज लागेको ओम्नी ग्रुपलाई अन्तत क्लिन चिट दिइएको छ । त्यतिबेला सम्झौताबमोजिम सामान ल्याउन नसकेको भन्दै ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । स्वस्थ्य सेवा विभागको सिफारिस अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो ।
Advertisement 1
बर्ष दिन अघि कालोसूचीमा राखिएको ओम्नी ग्रुपको तीन महिना नबित्दै फुकुवा गरिएको हो ।
कोरोना कहरको समयमा चीनबाट स्वास्थ्यसामाग्री ल्याउँदा कालोबजारी गरेको र अनियमिततामा डामिएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिमाथिको प्रतिबन्ध स्थगन गरिएको छ।
Advertisement 2
स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३ सम्म कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
र, यस अवधिभर ओम्नीले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी कार्यालयले दिएको थियो। यही पछि ओम्नीलाई विभागले कालोसूचीमा राखेको थियो ।
Advertisement 3
तर, कालोसूचीमा राखिएको ३ महिना नहुँदै कार्यालयले ओम्नीको कालोसूची स्थगन गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेश अनुसार कार्यलयबाट निर्णय भई कालोसूची स्थगन गरेको प्रष्टिकरण दिएको छ ।
सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णयबमोजिम हाललाई कालो सूचीसम्बन्धी कारबाही स्थगन गरिएको कार्यालयले जनाएको छ।
कालोसूचीविरुद्ध सर्वोच्च अदालतले यसअघि मंसिर ७ गते ओम्नीको पक्षमा हुने गरी अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । कार्यालयले मंसिर १० गते नै सो सम्बन्धमा निर्णय गरेको समेत जनाएको छ ।