सरकारी गाडी ढलमा

३७ लाख रुपैयाँमा किनेको सोरु गाउँपालिकाले किनेको भे–१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बेवारिस बनेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले गाडी बिग्रिएपछि सदरमुकाम गमगढी ल्याइएको थियो ।तर, अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी बेवारिस छ ।

Advertisement 1

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी किनिएको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाइनेछ ।’

प्रकाशित :२०७८ चैत्र २६, शनिबार १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry