उपसचिव पदमा बहिनी प्रथम दाइ दोस्रो !

पहिले सरकारी निकायमा महिला भन्दा पूरुषको वर्चश्व हुने गरेको इतिहास सुन्ने गरेको कुरा नयाँ होइन तर आधा आकाश ढाक्ने महिलाहरु पछिल्लो समयमा पुरुषभन्दा अब्बल देखिन थालेका छन् । चाहे त्यो सरकारी निकायमा काम गर्ने सवालमा होस या शिक्षा क्षेत्रमा पहिलो हुनेमा होस । यसपाली आफ्नै बहिनीले दाजुलाई जितेर त्यसलाई प्रभाणित गरेकी छिन् ।

Advertisement 1

प्रसंग रहेको छ पूर्णिमा उपाध्य र उनका दाजु केशव उपाध्यको । लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए । शाखा अधिकृतबाट उपसचिव तहमा बढुवा हुनका लागि यिनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेका थिए तर परिणाम बहिनीको नाम पहिलो स्थानमा र दोस्रो नम्बरमा दाजुको नाम निस्क्यो । त्यसो त, पूर्णिमाको दिदी टीका उपाध्यय पनि निजामती सेवामै छन् । टीका आन्तरिक राजस्व विभाग लैनचौरमा शाखा अधिकृत पदमा कार्यरत छिन् । ५ दाजु भाइमध्ये ३ जना सदस्य निजामती सेवामै कार्यरत छन्, त्यो पनि लोकसेवा आयोगका परीक्षा पास गरेर ।

पूर्णिमा र केशवको बुवा सरकारी शिक्षक हुन्, आमा गृहणी हुन् । हालै मात्र उनले शिक्षक पदबाट अवकाश लिएका छन् । आफ्नो बाबु र आमाबाट सरकारी सेवामा प्रवेश गर्ने उत्प्रेरणा लिएको पूर्णिमा बताउँछिन् । ‘लोकसेवा आयोगको परीक्षामा भनसुन हुँदैन भन्ने थाहा थियो । त्यसमा पनि समाजमा निजामती कर्मचारीहरूको छबि माथि नै हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसैले मिहेनत गरेरै भए पनि लोकसेवा आयोगको परीक्षा दिन्छु र पास हुन्छु भन्ने लागेको थियो ।’

Advertisement 2

पूर्णिमा दाजु केशवलाई पनि निजामती सेवामा प्रवेश गर्ने उत्प्रेरणा बुवा आमाबाटै मिल्यो । यी दाजु–बहिनीले सल्लाह गरेर आन्तरिक प्रतिस्पर्धाका लागि फाराम भरेका थिए । पूर्णिमा अविवाहित हुन भने केशव विवाहित हुन् । उनको रोजाइ सरकारी कर्मचारी नै रहेको छ । केशवकी पत्नी हाल डोल्पाकी सानीभेरी नगरपालिकामा कार्यरत छन् । उनी स्थानीय तहकी कर्मचारी हुन् । ‘के तपाईंले आफ्नो पति पनि निजामती कर्मचारी नै होस् भन्ने चाहनुहुन्छ रु,’ भनी सोधिएको जिज्ञासामा पूर्णिमा खुलेर बोल्न चाहिनन् । यती मात्र भन्छिन्, ‘हेरौं के हुन्छ । अहिले म केही भन्दिन ।’अहिले यी दुई दाजु–बहिनीले स्टाफ कलेज जावलाखेलले लिइरहेको ५ दिने अभिमुखीकरण तालिममा सहभागी भएका छन् । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका कर्मचारीहरूलाई स्टाफ कलेजले अभिमुखीकरण तालिम दिने गर्छ ।

उपसचिवमा बढुवा हुनु अघि पूर्णिमा कालिकोटको जिल्ला निर्वाचका कार्यालयमा कार्यरत थिइन भने केशव कर्णाली अञ्चलको मुख्यमन्त्रीको कार्यालयमा कार्यरत थिए । पूर्णिमाले २०६९ माघबाट र केशव २०६६ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।यी दुई दाजु–बहिनीको जागिरे जीवन लोकसेवा पास भएपछि मात्रै सुरु भएको हो । पूर्णिमाले सहलेखापालबाट जागिरे जीवन सुरु गरिन् भने केशवले कम्प्युटर अपरेटरबाट निजामती सेवामा प्रवेश गरे । पूर्णिमा सुरुमा सुर्खेतस्थित भूकम्प मापन केन्द्रमा कार्यरत थिइन् ।

Advertisement 3

सहलेखा पाल पदमा उनी धेरैलामो समयसम्म काम गरीनन् । त्यसपछि उनले शाखा अधिकृत पदमा फाराम भरिन् र २०७० भदौमा उनले लोकसेवा आयोगले लिएको शाखा अधिकृत पदमा उनी उत्तीर्ण भइन् । त्यसपछि उनको नियुक्ति जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको थियो ।

प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry