वाणिज्य सचिवमा दुवाडी

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा नारायणप्रसाद दुवाडीलाई जिम्मेवारी दिएको छ । हिजो बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई जिम्मेवारी दिएको हो । २०७९ भदौ ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका दुवाडी झण्डै चौध महिनापछि सूदुरपश्चिम प्रदेशबाट वाणिज्य सचिवका रुपमा ल्याइएको हो ।

Advertisement 1

०७९ भदौंमा सचिवमा उक्लिएका नारायण शर्मा दुवाडीले १९ बर्ष अघि ०६० सालमा अधिकृतबाट निजामती सेवामा पाइला राखेका हुन । उनको पहिलो पोष्टिङ मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय,सुर्खेतमा भएको थियो । ७ बर्षपटि ६७ सालमा उपसचिवमा उक्लिएका नारायण शर्माले उपसचिवको हैसियतमा राष्ट्रपति कार्यालय,वाणिज्य मन्त्रालयमा कार्यरत रहे ।

०६९ सालमा सहसचिवमा बढुवा भएपछि लोकसेवा आयोग,गृह मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिताएका उनले मकवानपुरको प्रमुख जिल्ला अधिकारी चलाए ।यस्तै गृहकै शान्तिसुरक्षा महाशाखामा बसेर काम गरेका शर्मा प्रदेश सचिवका रुपमा सचिवका रुपमा लुम्बिनी र मधेश प्रदेशमा समेत केही समय बिताएका थिए ।

Advertisement 2

०७९ भदौंमा सचिवमा बढुवा भएसँगै उनको पदस्थापन सूदुरपश्चिम प्रदेशको प्रमुख सचिवको रुपमा भएको छ ।झण्डै १३ महिना प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका उनलाई मन्त्रालयमा ल्याइएको हो ।

प्रकाशित :२०८० कार्तिक २४, शुक्रबार १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry