कर्मचारीको ‘सेटै परिवर्तन’ गर्ने तयारीमा अर्थमन्त्री,भित्रदैछन् यी सहसचिवहरु

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थका उच्च अधिकारीहरुको फेरबदल गर्ने भएका छन् ।
Advertisement 1
आजैमात्र अर्थ सचिव कृष्णहरि पुष्करको ठाउँमा उद्योग,वाणिज्य मन्त्रालयबाट तोयम रायालाईलाई भित्राइएको छ भने राजश्व सचिव रामेश्वर दंगालको ठाँउमा अख्तियारबाट रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माका कारण विग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि भन्दै अर्थ र राजश्वको सचिवहरु परिवर्तन भएसँगै अब अर्थका सहसचिवहरु पनि हेरफेरमा पर्ने भएका छन् ।
अहिले अर्थको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा केदारनाथ शर्मा,बजेट तथा कार्यक्रम हेर्ने रितेश शाक्य,सुमन दाहाल,रमेश कुमार केसी,इश्वरी प्रसाद अर्याल,अर्जुन कुमार खड्का,आनन्द काफ्ले,भुपाल बराल लगायतका सहसचिवहरु मन्त्रालयमा कार्यरत छन् । यस्का अलवा केही अघि मात्र भन्सार विभागका हाकिमका रुपमा चक्र बहादुर बुढा,राजश्व अनुसन्धान विभागका दीर्घ मैनाली कार्यरत छन् ।जसमध्ये केही सहसचिवहरुलाई हटाएर त्यहाँ नयाँ सहसचिवलाई भित्राउने अर्थमन्त्रीको तयारी रहेको उनी निकट स्रोतको दावा छ ।चण्डी घिमिरे,कृष्ण नेपाल,धनिराम शर्मा लगायतका सहसचिवले यो जिम्मेवारी पाउन सक्ने बताइएको छ ।
Advertisement 2
कृष्ण नेपाल यस अघि वैदेशिक समन्वय महाशाखा कार्यरत थिए । उनलाई ओली सरकारले वासिङ्गटनस्थित विश्व बैंक मुख्यालयमा खटाएको थियो ।तर सरकार परिवर्तन लगत्तै देउवा सरकारले उनलाई स्वदेश तान्यो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाको आफ्नो भनिएका मान्छे रामचन्द्र भट्टको उक्साहटमा विश्व बैंकबाट नेपाललाई झिकेर उपसचिवलाई पठाइयो । नेपाल यतिखेर भने प्रधानमन्त्री कार्यालयमा छन् ।
हालै बढुवा भएका चण्डी घिमिरेलाई पदस्थापन गर्दा अर्थमा राखिने निश्चित रहेको अर्थ स्रोतले जनाएको छ । पहिले अर्थमन्त्रालयमै बिष्णु पौडेलको निजी सचिव र बजेट महाशाखामा रहेका सहसचिव धनिराम शर्मालाई पनि पहिलेकै ठाउँमा लैजाने सम्भावना देखिन्छ । अर्थमा लैजान अरु केही नयाँ सहसचिवहरुको पनि खोजी भइरहेको उक्त स्रोतले जनाएको छ ।