सरकारी गाडी लिएर डेटिङ गएका उपसचिवलाई कारवाही गर्न गृहको निर्देशन
यो साता एउटा भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो । भिडियो क्लिप थियो स्वयम्भुको । जहाँ एक युवा र एक युवती डेटिङमा लिप्त थिए । सरकारी गाडी चढेर स्वयम्भु पुगेर डेटिङमा लिप्त हुने कर्मचारी हुन रोशन श्रेष्ठ ।
Advertisement 1
उनै श्रेष्ठमाथि कारवाहीको डण्डा बर्सने भएको छ । निषेधाज्ञाको समयमा सरकारी गाडी लिएर डेटिङमा पुगेका उपसचिवमाथि कारवाहीको डण्डा बर्सने भएको छ ।
उनी केही दिन अघि प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर स्वयम्भुमा युवतीसँग ‘डेटिङमा पुगेका थिए । सो सरकारी गाडी शहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठले चढ्दै आएका छन् । गत आइतबार सोही गाडी लिएर सोही विभागमा करारमा कार्यरत कर्मचारीसँग ‘डेटिङका लागि स्वयम्भू पुगेर अमार्यादित कार्य गर्ने ती उपसचिवमाथि गृह मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको हो ।
गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको छ ।
गृहले निषेधाज्ञा उल्लंघन गर्दै ‘डेटिङमा पुगेका कर्मचारीलाई कारवाही गरी मन्त्रालयलाई जानकारी गराउनु भन्दै सिडियो कार्यालयलाई पत्र काटेको हो ।
Advertisement 2
स्रोतका अनुसार,रोशन बिवाहित हुन् । उनको श्रीमती समेत इञ्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।