कार्यालयमा ढिलाे आउने कर्मचारीलाई मेयरले गरे फूलको स्वागत !
कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गरेका छ्न ।
Advertisement 1
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।
ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन ।१० जनाभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उनले जानकारी दिए ।
Advertisement 2
सम्भवत दाङमा जनप्रतिनिधिले कर्मचारी स्वागत गरेको यो पहिलो घटना होला । ‘समयमै आउने कर्मचारी साथीहरूलाई जनप्रतिनिधिले सम्मान गर्नुपर्छ भनेर स्वागतको सुरूवात गरेका छौ नगरप्रमुख खड्काले भने, ‘सम्भव भएसम्म कार्यकालको अन्तिम दिनसम्म पनि निरन्तार लैजान्छौ ।’
उनले कर्मचारी साथीहरूले समय, पोशाक र परिचयमा लापरवाही गरेको देखिएको भन्दै सुधार गरेर भोलिका दिनबाट कार्यालय आउन आग्रह गरिएको बताए । उपप्रमुख स्यानी चौधरीले कार्यालय प्रवेशमा अब फरकशैली अपनाउन लागिएको बताइन् । उनले केही दिन पछिबाट राष्ट्रिय गानबाट कर्मचारीको स्वागत गरिने बताइन् । ४५ मिटेर मुल गेटमा बसेर स्वागत गरेका जनप्रतिनिधिले ९० प्रतिसत कर्मचारीले समयको र पोशाकको ख्याल नगरेको पाइएको बताए । आगामी दिनमा सबैले यो सुधार गर्ने निर्देशन पनि दिइएको भन्दै सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
Advertisement 3
तुलसीपुर उपमहानगरपालिकाका मेयर र उपमेयरले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मेयर टिकाराम खड्काले सेवाग्राहीलाई मुस्कानसहित छिटोछरितो सेवा दिन निर्देशन दिएका हुन् ।
कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई असन्तुष्ट बनाएर नपठाउन कर्मचारीलाई निर्देशन दिएका हुन् । खड्काले कर्मचारी कार्यालयमा ढिलो आउने र चाँडै जाने खराब प्रवृत्ति भएको भन्दै त्यसलाई सच्याएर आफ्नो जिम्मेवारी पूरा गर्न सुझावसमेत दिएका थिए ।