यी हुन उपसचिवमा नियुक्तिका लागि सिफारिस भएका चार जना कर्मचारी

लोकसेवा आयोगले   इन्जिनियरिङ तर्फ उपसचिवको नतिजा सार्वजनिक गरेको छ । चार जना प्राविधिक कर्मचारीलाई उपसचिवमा  नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,स्यानिटरी उपसमूहबाट २ जनालाई उपसचिव तहमा नियुक्तिका लागि सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकाहरुमा तादी नुवाकोटका मधुसुदन खनाल र गोरखाका सन्जु लामिछाने रहेका छन् । दुई जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ५ जनामध्येबाट अन्तर्वार्तामा उत्र्तीण भएका २ जनालाई बढुवा नियुक्तिका लागि सिफारिस भएका हुन ।

Advertisement 1

11

यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहबाट २ जना  नियुक्तिका लागि सिफारिस भएका छन् । अन्तर्वार्तामा छनौंट भएका ४ जनामध्येबाट पर्वतका शम्भुप्रसाद आचार्य र बैतडीका रमेश भट्टराई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

111
प्रकाशित :२०७८ फाल्गुन २०, शुक्रबार ११:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry