श्रेष्ठ सचिवमा बढुवा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ ।

Advertisement 1

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढुवा समितिले गरेको तीन जनाको नामबाट श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सचिवमा बढुवा भएका श्रेष्ठ निर्वाचन आयोगमा प्रवक्ताको जिम्मेवारीमा समेत थिए ।
प्रवक्ता कार्कीका अनुसार बढुवा समितिले श्रेष्ठसहित रविलाल पन्थ र रामेश्वर दंगाललाई सिफारिस गरेको थियो ।

प्रकाशित :२०७८ भाद्र १६, बुधबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry