स्वास्थ्यकर्मी फिर्ता नगर्न आग्रह

समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । कतिपय स्थानीय तहले तलब खुवाउन नसकिने भन्दै समायोजन भई गएका कर्मचारीलाई फिर्ता पठाउन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

Advertisement 1

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्घीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तीय बजेट हस्तान्तरणमार्फत प्रदान गरिने बताए। उनले जुन स्थानीय निकायमा स्वास्थ्यकर्मी रहेका छन्, त्यहीँ काम गर्न दिनका लागि ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिसकेको जानकारी दिए।

‘समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने,’ स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९र९र८ को निर्णयअनुसार अनुरोध छ।’

Advertisement 2

नपुग तलब भत्ता हाललाई मन्त्रालयबाट वित्तीय हस्तान्तरण मार्फत बजेट पठाइने पत्रमा भनिएको छ।

प्रकाशित :२०७९ पुष १५, शुक्रबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry