कथित जनयुद्ध दिवस र यो संग गासिएका प्रश्न
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री भएको नाताले हरेक फाल्गुन(१ गतेलाई जनयुद्ध दिवस मनाउने र सो दिन सार्वजनिक रूपमा विदा दिने निर्णय भएको रहेछ।
Advertisement 1
२०५२ साल फाल्गुन १ गते देखि नेकपा माओवादीले आन्दोलन शुरू गरेको दिन हो यो। त्यतिखेर सरकारको नेत्तृत्त्व शेर बहादुर देऊवाले गरेका थिए। संयुक्त जनआन्दोलनको नामबाट बाबुराम भट्टराईले तत्कालीन सरकार समक्ष एक महिनाको म्याद दिएर ४१ शूत्रीय माग राखेकोमा त्यसको म्याद नसकिदै २०५२ फाल्गुन १ देखि भूमिगत भएको दिनलाई जनयुद्ध दिवस भनेर माओवादीले पार्टीगत रूपमा आन्तरिक तवरले मनाउदै आएको थियो।
यस भन्दा अगाडि पनि सरकारको नेत्तृत्त्व गरिसकेको यो पार्टीले फाल्गुन(१ लाई दिवसको रूपमा मनाउन सक्ने आट गर्न सकेन। किनभने यो दिन शुरू गरेको आन्दोलनले ब्यापक जनधनको क्षति पुर्याएको थियो र अहिले सम्म पनि त्यसको घाऊ बल्झिरहेको छ। तर यो कथित आन्दोलनको कारणबाट सत्ताको स्वाद चाखी रहेका माओवादीले आफूले गरेको युद्धको पाप पखाल्न यो युद्धलाई जनताको पक्षमा भएको भनेर नाटक देखाउने प्रयत्न गरिरहेका थिए। ती नाटक मध्ये एउटा यो दिनलाई जनयुद्ध दिवसको घोषणा गर्ने र अर्को सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी कानून बनाएर विगतका आफ्ना कुकृत्यहरू राफसाफ बनाउने थियो । यसको निम्ति उसलाई कुनै पनि हालतमा सरकार प्रमुख हुनु पर्ने थियो तर निर्वाचनमा करीव १०५ जनताको मात्र मत पाएर बल्ल बल्ल राष्ट्रिय पार्टी बनेको माओवादीले सत्तामा पुग्ने भर्यांग खोज्दै थियो।
Advertisement 2
अर्को तिर एमालेले चुनाव देखिको गठवन्धनलाई तहसनहस पार्ने मौका खोजी रहेको स्थिति थियो र यो मौकालाई उपयोग गर्दै प्रचण्डलाई सरकार प्रमुख दिएर समर्थन गर्ने आश्वासन दिए पछि प्रचण्डले त्यो भर्यांग चढे र सरकार बनाए। एमाले अध्यक्ष ओली सो गठवन्धनमा विग्रह ल्याउन एक हद सम्म सफल भए। एमालेको यो सफलता प्रचण्ड र नेकाका सभापति देउवाको दुवैको पदलोलुपताको कारण थियो। यसरी आफूलाई धोका दिएर प्रचण्ड बालकोट गै हाल्लान भनेर नसोचेका देउवाले चक्मा खाए। हुन त प्रचण्डको यस्तो अवसरवादिता पटक पटक हुने गर्छ तर यस पटकको अवसरवादिता भने उही माओवादीको १० वर्षे आतंकलाई विश्व सामु आखामा छारो हालेर सो आन्दोललाई नेपालको शान्ति संग गांस्नु थियो। यसरी गासिन गएमा माओवादीले संचालन गरेको आन्दोलनले सकारात्मकता पाउने र कम्युनिष्ट आन्दोलनको श्रेय माओवादीले पाएर आफू ओझेलमा परिने डर एमालेलाई थियो। त्यसैले एमाले त्यसरी जस दिने पक्षमा थिएन र जस दिन पनि हुदैनथ्यो। राजनीतिक आवरणमा आतंक फैल्याउने कार्य कुनै पनि पार्टीलाई मान्य हुने कुरो भएन ।
नेपाली कांग्रेस एमाले सत्तामा नरहोस् भन्ने मनसायले मात्र माओवादी जस्ता झिनामसिना संग मिलेर सत्तामा रहीरहन गरेको चाहनाले मात्र माओवादी अस्तित्वमा रहेको थियो। साच्चै भन्ने हो भने निर्वाचनमा नेकाको बुई चढ्न नपाएको भए माकुनेको समाजवादीको जत्तिको हैसियत पनि माओवादीको हुने थिएन । तर एमालेले प्रचण्डलाई सरकार प्रमुख बनाईदिए पछि नेकालाई खाऊ भने कान्छा बाबुको अनुहार नखाऊ भने दिन भरीको शिकार भने जस्तो भयो र यसरी बनेको सरकारले विश्वासको मत लिने बेलामा नेपाली कांग्रेसले समेत एमाले माओवादी सरकारलाई विश्वासको मत दिएर एमाले सरकारबाट बाहिरिने वातावरण बनाई दियो। यसरी संसदमा पहिलो र दोश्रो पार्टीका रूपमा क्रमशः देखिएका नेका र एमालेको कमजोरीलाई प्रयोग गर्दै तेश्रो नम्बरको पार्टी माओवादी सरकार प्रमुखमा रह्यो।
Advertisement 3
यसले सरकार प्रमुख रोज्नुको कारण देश र जनताको लागि किमार्थ हैन, केवल माओवादीका कार्यकर्ता र आफ्नो परिवारका सदस्यको चित्त बुझाउन मात्र हो। यसले ल्याएको सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक आफ्ना कार्यकर्ता र आफू समेतलाई लागेको आतंककारीको आरोप पखाल्ने धृष्टता र कार्यकर्ताको मनोवल उचो पार्न ल्याईएको र त्यसैको पूरक अंशको रूपमा ल्याईएको फाल्गुन १ को विदा हो। तर यी दुवै विषय न नेपाली कांग्रेस न नेकपा एमालेका रूचीका विषय हुन्। नेका सरकारमा रहेकाले यसको प्रत्यक्ष बिरोधमा बोलेको छैन र एमाले सरकार बाहिर रहेकोले बिरोधमा बोलेको छ त्यत्ति मात्र हो।
नेपालको संसद भित्र रहेका आफू बाहेकका राजनीतिक दलहरूको समेत रूची भित्र नपरेको यो विधेयकलाई अन्तर्राष्ट्रिय बनाउन संयुक्त राष्ट्र संघका महासचिव समक्ष हार गुहार समेत गरेका प्रचण्डले महामहिम महासचिवबाट समेत हरियो संकेत नपाए पछि हाल तिल्मिलाएको अवस्थामा देखिएका छन्।
यसरी प्रचण्डका दुवै लक्षहरू पूरा नहुदै उनको पार्टी सरकारबाट बहिर्गमन हुने करीव निश्चितै भएकोले उनले १ महिना देखि आन्दोलनको धम्की दिदै हिडेका छन्।