गोरु र पुच्छर”
गोरु लाई पुच्छर प्यारो छैन
तर पुच्छरलाई गोरु
प्यारो छ
प्रिय छ
पुच्छर बिना गोरु को अस्तित्व छ
पुच्छर निरर्थक छ
जब गोरु बहर थियो
प्रिय थियो
मालिकले माया गर्थ्यो
मालिकलाई माया गर्थ्यो
किर्ना,जुम्रा हेरिदिन्थ्यो
बुडो मालिक
पुच्छर काम विहिन थियो
मात्र हलिन्थ्यो
काम को खोजीमा
गोरु ठूलो भयो
सुभानी गोरु
कसैलाई नहान्ने
मालिक र घरको प्रिय गोरु
अब जोत्ने भयो
हल सँग मिलेर हिड्ने
मालिकलाई माया लाग्यो
प्रिय लाग्यो
गोरु पाल्ने मात्र नजोत्ने
कस्तो निर्णय
अनौठो निर्णय
मालिकले सबै गोरु हटाए
यक्लो भयो
राजा भयो
एक्लो राजा
एक्लो गोठको राजा
पहलमान गोरु
साढे गोरु
अब गोरुलाई मालिक
चाहिएन
गोठ चाहिएन
अब उसलाई आफ्नो पुच्छर
प्यारो भो
प्रिय भो
नाटकी पुच्छर
जसले झिगा, जुम्रा,किर्ना
धपाएको नाटक गर्यो
गोरुलाई विश्वास पुच्छर मा भो
मालिकलाई हान्न थाल्यो
झम्टिन थाल्यो
हिलो पुछिदिने मालिक भन्दा
हिलो शरीरमा हालिदिने
गोबर शरीर भरी पारिदिने
पुच्छर प्यारो भो
पुच्छर नी स्वार्थी थियो
गोरु रहे सम्म उ रहन्थ्यो
पुच्छर घमण्डी थियो
उसलाई विश्वास थियो
गोरुको लाज उसले छोप्छ
उसले ढाक्छ
उसले जोगाउँछ
गोरुको गोबर मा रमाउने पुच्छर
रमाई रह्यो
खुसी रह्यो
तर गोरु लाई
के को लाज
के को घिन
छोपिए पनि
नछोपिए पनि
एउटा विविकेहिन जनावर
गोरु लाई किर्ना ले सतायो
जुम्रा ले सतायो
उपियाँले सतायो
गोरु बुडो भयो
पुच्छर ले पनि साथ छाड्दै गयो
थला पर्यो
त्यो बलियो गोरु
त्यो अजंगको गोरु
मालिकलाई माया लाग्यो
गोरुको बैगुन बिर्सियो
माया पलायो
मानवता सम्झियो
ओखती खुवायो
झारफुक गर्यो
लिखा, किर्ना, जुम्रा, टिपिदियो
हिलो पुछ्ने प्रयास गर्यो
पुच्छरले छेपेको हिलो,
गोबर
फोहोर
पुछन् सकेन उसले
पुच्छरले धेरै छेपेछ शरीरमा
गोरु भाकल ले उठेन
उपचार ले उठेन
झाँक्रीले उठेन
धामीले उठेन
गोरु ले दुनियाँ छाड्यौ
संसार छाड्यौ
मालिकको आँसु थामिएन
आँखा रसिला भए
खाल्टो खन्यो
बद्नाम गोरु
जिउँदो छउन्जेल बदनाम
मरे पछि बद्नाम नहोस्
बर्ने गोरु कति गनायो
छिमेकीले नभनुन
बाटो हिंड्ने ले नभनुन्
स्याल कुकुर ले नभेटुन
गहिरो खाल्टो
गोरु समाहित भयो धर्तीमा
तर पुच्छरले यौटा धर्म राख्यो
गोरु घिसार्न डोरी बनेर
सरोज फुयाल, भुइँमान्छे
स्थायी ठेगाना – कमलामाई नगरपालिका -५ सिन्धुली
कमलामाई नगरपालिका सिन्धुलीमा कार्यरत
प्रकाशित :२०७८ असार १, मंगलवार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%