“कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भुमिका ”

आज मानव जगतले कसैले नसोचेको ,नभोगेको , कल्पना नगरेको समस्या भोग्नु परेको छ । विकास प्रगतिमा काला बादल मडारिएका छन ।विकास , विज्ञान प्रविधिलाई घुडा टेकाइदिएको छ । विकसित ,अल्पविकसित मुलुकको दैनिकीमा परिवर्तन आएको छ । मिसाइल आक्रमण र हतियारमा प्रतिष्पर्धा गर्ने मूलुक आज भ्याक्सिन र औषधिमूलोमा लगानीमा ब्यस्था भएका छन । सिंगो भूगोलमा वर्चस्व कायम गरेको मानव आज पराजय महसुस गरिरहेको छ । यो हाम्रो पुस्ताका लागि नि तीतो यर्थाथ बनेको छ । यी सवै हुनुको कारण एउटै रहेको छ , विश्वभर फैलिएको महामारी कोभिड भाइरसको महामारी ।
Advertisement 1
हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रंमणबाट लागेको रोगको विश्व स्वास्थ्य संगठनले “ कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ ।अनुसन्धानअनुसार कोरोना भाइरसको सर्ने दर फरकफरक भए पनि प्राय :- एक संक्रमितबाट चार जनालाई सर्ने सक्ने देखिएको छ । जुन स्वाईन फ्लुको भन्दा पनि बढि हो ।
सन् २०१९ डिसेम्बर ३१ विश्व स्वास्थ्य सङृगठनका चाइना कन्द्धी अफिसलाई चीनको हुबई प्रान्तको राजधानी बुहानमा निमोनिया अज्ञात इटोलजी (अज्ञात कारण) रोग देखा परेको थियो । सन् २०२० जनवरी ७ चिनियाँ अधिकारीहरुको एक नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको थियो ।
सन् २०२० जनवरी ३१ गते विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषण गरेको थियो । यस्तै गरी नेपालमा पनि पहिलो केस विं.स २०७६ माघ ९ परीक्षण गरेको थियो । नेपालमा कोरोनाले मुत्यु भएको पहिलो केस २०७७ जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी सावित्री तिमिल्सना धुलिखेल अस्पताल निधन भएको थियो । सन् २०२१ लाई कोरोना भाइरस संकट ग्रस्त मुलुकहरुलाई उपचारात्मक वर्षको रुपमा मनाउन महासचिवहरुद्धारा सार्वजनिक आब्हान गरेको थियो । नेपालमा विं.स २०७८ श्रावरण १२ गते सम्म भरेयन्ट अफ कन्सर्नका रुपमा अल्फा ( बी १.१.७) र डेल्टा भरेयन्ट (बी १.६.१.७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भरेयन्ट (बी १.६१७.१) पुष्टी भएको भियो ।
Advertisement 2
आज विश्वब्यापीकरणको युगमा पुँजी प्रविधि, श्रम , सीप विश्वब्यापी रुपमा फैलिएसँगै महामारी पनि फैलिने क्रममा डिसेम्बरमा कोरोना भाइरसको नयाँ प्रजाति चिनको मध्यभागबाट सुरु भएर विश्वका २१० भन्दा बढी देशमा फैलिइसकेको छ । यसको सुरुवाती सक्रंमण नै छिमेकी राष्ट्रबाट भएको नेपाली पनि अछुतो रहेन ।नेपालमा पनि समुदायबाट समुदायमा सर्ने क्रम बढी भएर महामारीको रुप लिएको छ । कोरोनाको पहिलो लहर र दोश्रो लहरले प्रभावित मूलुक नेपालमा कोरोनाको तेस्रो लहर पनि हुन सक्छ भनेर सम्भावना आंकलन गरेका छन् वैज्ञानिकहरुले ।
कोभिड १९ को करणले श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो सत्रंmमण व्यक्तिको खोक्दा वा हाछ्ँयु गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । कोरोना भाइरस रोगको मुख्य लक्षणहरु ज्वरो आउने , खोकी लाग्ने , श्वास फेर्न गाह्रो हुने , गन्ध तथा स्वाद थाहा नहुने , टाउको दुख्ने ,पखाला लाग्ने ,आदि हुन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट जोगिन सबैभन्दा महत्वपुर्ण आधारभुत उपाय भनेको सरसफाई नै हो । नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाईजर लगाउने । नाक, मुख, आँखा हातले नछुने , खोक्दा वा हाँछ्यु गर्दा सफा रुमाल वा टिशुले नाक र मुख छोप्नुपर्छ । एक अर्कोबाट कम्तिमा पनि दुई मिटरको दुरीमा बस्नु पर्छ । सकेसम्म घर भित्रै बस्ने यदि निस्किनै परेमा राम्ररी माक्स सेनिटाइजर र सामाजिक दूरीको प्रयोग गर्ने ।
विकसित देशहरुले त कोरोना भाइरस विरुद्ध लड्न सकिरहेको छैनन् भने हाम्रो जस्तो अल्पविकसित मूलुकमा यो भाइरसले के मानिसलाई भाइरसबाट अछुतो हुन दिन्थ्यो र ? त्यसैले सबैले आँफु सुरक्षित हुने उपाय अबलम्वन गर्नुपर्छ । कोरोना भाइरसले हाम्रो समाजका आर्थिक , सामाजिक , सास्ंकृति क्षेत्रमा विविध नकारात्मक प्रभाव परेको छ । त्यसैले कोरोनाको रोकथाम र यसको हाम्रो समाजिक , आर्थिक र सास्कृंतिक जीवनमा पर्ने प्रभावलाई न्युनीकरण गर्ने हाम्रो सबै सार्वजनिक सस्ंथाहरु , निजी क्षेत्र , तिनमा कार्यरत कर्मचारी र सबैको सचेत नागरिकहरुको आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ ।
Advertisement 3
अशिक्षित वर्गलाई जनस्वास्थ्य मापदण्ड महत्व बुझाउन गाह्रो भएको छ र अर्कोतिर दिनुँहु ज्याला मजदुरी गरेर खाने निम्र वर्गीय नेपालीलाई राहत पुर्याउनु नसकेको स्थितिमा यो महामारी रोक्न राष्ट्र सेवक कर्मचारीलाई हम्मे हम्मे नै परेको अवस्था छ । सर्वसाधारण र परिवारका सदस्य नजिक जान बोल्न डराउने अवस्थामा समेत आफ्नो र परिवारको माया नगरी गहभरीका आँशु पुछेर मायालु हातले स्पर्शगर्दै औषधिमूलो गरेका सेता कम्ब्याटका राष्ट्रसेवकको जति वखान गरेपनि कम नै हुन्छ ।
राष्ट्रकालागि योगदान दिने निजामति , स्वास्थ्य , सुरक्षाकर्मी लगायत मूलुकको विकासमा योगदान दिने कर्मचारी नै राष्ट्रसेवक हुन । राज्यको नियमित , विकसित , दैनिक प्रशासनिक गतिविधि , नागरिकको सुरक्षा प्रदानमा यी जनशक्ति परिचालित हुन्छन । स्थायी सरकारका रुपमा रहेका यी संयन्त्रबाट संचालित क्रियाकलापबाट मात्र राज्यको उद्धेश्य पुरा हुन्छ । लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि विहिन भएको अवस्थामा होस वा प्रथम संविधान सभा संविधान दिन असफल हुँदा दलगत आन्तरिक किचलोले चुनावको ग्यारेन्टी नहूँदा भूतपूर्व राष्ट्रसेवकबाट राज्यलाइ सहयोग गरेका थिए भने वहालवाला राष्ट्रसेवक महामारी हुँदा चुप लागेर बस्न सक्तैनन । कोभिड १९ जस्तो विश्वब्यापी महामारीमा यिनीहरुको भूमिका अपरिहार्यता रहेको छ ।
कोभिडको १९ को महामारीमा नेपाल सरकारले विभिन्न रणनितिहरु ल्याएको छ । जस्तै :- विपन्न वर्गहरुलाई राहात वितरण , कन्ट्रायक टे«सिङ्ग , नि:शुल्क औषधी उपचार आदि । हामीले देखेको नि छौ , हाम्रो राज्यको क्षमता अति नै सिमित छ: हाम्रो स्वास्थ्य पुर्वाधार तथा साधन स्रोतहरुको सबै सिमित भए पनि नेपाल सरकारको निरन्तरता सेवा दिन राष्ट्र सेवक कर्मचारी चुकेको छैनन ।
रोगको सक्रंमण फैलिन नदिनु नै हाम्रो प्रमुख प्राथमिकता हो । अहिलेका लागि स्वास्थ्यकर्मीलाई स्तरीय सुरक्षा कवच, जनचेतना लकडाउन, प्रयोगशाला परीक्षणको दायरा फरााकिलो बनाउने र सक्रंमितलाई आईसोलेसनमा राख्ने नै रोग नियन्यत्रणका प्रभावकारी कदम हुन् । यसमा लागि तत्काल सक्रंमण फैलिएको देशबाट फर्कीएका र विभिन्न नाकाबाट वैध÷अवैध रुपमा नेपाल प्रवेश गरेका सम्पुर्ण व्यक्तिको पहिचान गर्दे क्वारेन्टाईन गरी सबैको नमुना परीक्षण गर्नूपर्छ ।
नेपाल सरकारले कोरोनाको लक्षण अन्य मूलुकमा फैलिएर नेपालमा कुनै संक्रमित नदेखिए देखि हालसम्म सुरुवाती चरणमा कोरोनाको कारण नागरिकलाई सुरक्षित पार्न विभिन्न कृयाकलाप राष्टसेवकका माध्यमबाट गरिरहेको छ । वि सं २०७६ माघ ९ देखि कोरोना परिक्षण गर्न थालेको हो । विदेशबाट आएका अनि शंकास्पदलाई परिक्षण गर्ने , क्वारेन्टाइनको ब्यबस्था गर्ने गरेको थियो भने हाल सम्म विभिन्न प्रयास गरेर कोरोना फैलावट रोक्न प्रयास गरिरहेको छ । हाल विभिन्न स्थानिय तहसँग सहकार्य गर्दै आइसोलेसन सेन्टर र क्वारेन्टाइनको समेत ब्यवस्था गरेको र त्यससको लागि बजेट छुट्याएको छ । उक्त ठाउँमा जान सबै डराइरहेको अवस्थामा भगवान रुपी चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन ् । सुरुवातीमा च्म्त् र एऋच् मा कोरोना परिक्षण गरिएकोमा हाल ब्लतष्नभल र एऋच् बाट कोभिड १९ परिक्षण सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट गरिएको छ । त्यस्तै नेपालमा कोभिड १९ रोग विरुद्धको खोप लगाउन पनि थालिएको छ । २०७७ माघ १४ गते नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरुमा तत्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट भिडियो कन्फेरेन्स मार्फत शुरु गरिएको थियो । पहिलो खोप लगाउने टेकु अस्पतालमा निर्देशक डा. सागर राजभण्डारी थिए ।
कोभिड १९ को रोग विरुद्धको ब्यबस्थापनलाई नेपालले पहिलो प्राथमिकता लिएको छ । आ व २०७८।०७९ को बजेटको पहिलो उद्धेश्यमा कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने समावेश गरिएको छ । त्यस्तै कोभिड १९ को रोग विरुद्धको खोप ब्यवस्थापनका लागि रु २६ अर्व ७५ करोड विनियोजन गरिएको छ । त्यति मात्र हैन कोभिड १९ को रोकथाम ,नियन्त्राण र उपचारको लागि रु ३७ अर्व ५३ करोड विनियोजन गरिएको छ । कोरोना प्रभावित ब्यवसायिलाई राहात दिनका निम्ति शिथिल अर्थतन्त्रलाई चलायमान बनाइ पुर्नउत्थान गर्ने , राजस्व प्रणलीलाई आन्तरिक आयमा निर्भर बनाई वित्तको दीगो र भरपर्दो श्रोतको रुपमा स्थापित गर्दै जान सरकारले नीति लिएको छ । कोरोना संक्रमण जोखिमका कारण प्रभावित कृषि ,उद्योग तथा सेवा ब्यवसायको पुनरुत्थान हुने गरी करका दर समायोजन ,सहुलियत र छुट दिने घोषणा गरेर सो कार्यान्वायन गर्नु राष्टसेवकको कर्तब्य रहेको छ ।
लामो लकडाउनका कारण देशमा आर्थिक ,शैक्षिक गतिविधि समस्याग्रस्त छ , उद्योगधन्दाहरु , सानादेखी ठुला व्यवसाय हाट बजार , होटेल , रेस्टुरन्टहरु बन्द हुँदा दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरुमा धेरै ठुलो समस्या आइपरेको छ । हाम्रो नियमित कामकाजलाई प्रभावित पारिदिएको छ । शिक्षा स्वास्थ्य लगायत आर्थिक विकाशका पक्षहरु प््रात्यक्ष मारमा परेका छन् । सामूहिक कार्यक्रमहरु साथै पठन–पाठनका कामहरुसमेत एक अर्कोबाट टाढै रहेर घरमै सिमित भएका छन् ।
नेपालको आर्थिक अवस्थालाई नियाल्ने हो भने पनि अवस्था नाजुक नै छ । पर्यटन वर्ष २०२० मा मनाउने भनेको नेपालले कोरोना कारण सफल हुन सकेको छैन । अङ्गे्रजी नयाँ वर्षको शुरुवातसँगै कोरोनाले महामारीले पर्यटन र होटेल व्यवसाय ठप्प भयो । त्यसैगरि अत्यावश्यक बाहेक अन्य उद्योग व्यवसाय पनि चल्ने अवस्था रहेको छैन । अर्थतन्त्रमा मुख्य भुमिका खेल्ने बित्तिय बजार , बैकिङ्ग , करोबार , उत्पादन व्यवसाय पर्यटन क्षेत्र होटेल व्यवसाय असर परेको छ ।
यति मात्र नभएर मनोरञ्जन क्षेत्र चलचित्र व्यवसाय, प्रकाशन व्यवसायमा समेत निकै असर परेको देखिन्छ । व्यवसायिक हिसाबले चलचित्र व्यवसायलाई समेत महत्वपुर्ण मानिन्छ तर कोरोनाले गर्दा यो क्षेत्र ठप्प छन् । व्यवसाय कमजोर हुनु वा खस्किदै जानुको अर्को प्रत्यक्ष्य असर पर्छ रोजगारीमा । नेपाली अधिकांश सम्भावना बोकेको जनशक्तिले देश भन्दा बाहिर पसिना बगाईरहेका अवस्था छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ११० श्रम गन्तब्यमा ४१ लाख कामदार रहेका छन । अवैध बाटोबाट गएका आँकडा नभएकाको समेत जोड्ने हो भने ६० लाख भन्दा बढी हुन आउँछ । अफगानिस्तानको विद्रोहले समेत नेपाली कामदार मारमा परेका छन । यिनिहरुको आयश्रोतमा कोभिडले असर पारेको छ ।केवल कमजोर देश मात्र होईन , अर्थतन्त्र वलियो मानिएका देश समेत यति बेला यस सकंटको मारमा परिरहेका छन् । सयूंक्त राज्य अमेरिकामा समेत अहिले सम्मकै सबैभन्दा बढी बेरोगारी बढेको तथ्याङ्ग विशेषज्ञहरुले बताइरहेका छन् ।
यस्तो विषम परिस्थितिमा सवै जसोको रोजीरोटी खोसिएको छ । नागरिक खाना ,नाना र छानाका लागि आँशु बगाइ रहेका छन । छिमेकी मूलुकमा आउन थालेको तेस्रो लहर तथा फेरी बढ्न थालेको कोभिड केशको समाचारले अत्तालिएका छन । कोभिड १९ महामारीको नियन्त्रण गर्ने सन्दर्भमा राज्यको खम्वा मानिएका राष्ट्रसेवकले आ –आफ्नो स्थानमा रहेर ब्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्य , शिक्षा, सुचना प्रविधि , प्रशासन , लेखा , सुरक्षा क्षेत्रले क्षेत्रगत भूमिका खेल्नुपर्दछ । स्वास्थ्यको भूमिकाले मात्र कोभिड ब्यबस्थापन गर्न असम्भव भैसकेको छ । यसले सवै क्षेत्रमा प्रभाव पारेकोले सोहि मुताविक ब्यवस्थापनमा ध्यान दिनुपर्दछ । कोभिड १९ ब्यवस्थापनका लागि सवैको पहलमा निम्न बमोजिम कार्य गर्न सकिन्छ ।
* सङक्रमितको दैनिक तथ्याङ्गका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आंकलन गरी स्वाथ्य सस्थांलाई तयारी अवस्था राख्ने ब्यवस्था गर्ने ।
* श्ौया खाली भएका स्वास्थ्य संस्थांमा सङक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने र आवश्यकता अनुसार निर्देशन दिने ।
* कोभिड १९ अस्पतालको अनुगमन गरी सो को आधारमा आवश्यक पुष्ठपोषण र सबलीकरण गर्ने ।
* जुनसुकै स्वास्थ्य सस्ंथालाई कोभिड १९ अस्पतालको रुपमा सचांलन गर्ने आदेश दिने ।
* आवश्यक भौतिक पुर्वाधार, औषधी ,अक्सिजन ,स्वास्थ्य सामग्री , उपकरण , अन्य आवश्यक साम्रगी र जनशक्तिमको ब्यवस्थापन तथा परिचालन गर्ने ।
* उपचार व्यवस्थापन सम्बन्धी सुचना एकीकृत रुपमा सङकलन गरी सोको विश्लेषण आधारमा आवश्यक व्यवस्था गर्ने वा कोभिड १९ अस्पतालको निर्देशन दिने ।
* कोभिड १९ अस्पतालमा उपचार गर्ने बिरामीको विद्युतीय अभिलेख राख्ने र राख्न लगाउने ।
* केन्द्रीय अस्पतालको लागि आवश्यक गर्ने औषधी ,अक्सिजन ,स्वास्थ्य सामाग्री , उपकरण तथा अन्य आवश्यक सामाग्री खरिद गर्ने ।
* कोभिड १९ रोकथाम , नियन्त्रण निदान र उपचारको लागि आवश्यक गर्ने उपचार सम्बन्धी प्रोटोकल अनुसार उपचारको ब्यवस्था गर्ने ।
* कोभिड १९ अस्पतालको लागि आवश्यक जनशक्ति , ,स्वास्थ्य सामाग्री, उपकरण , शैया लगायतका पुर्वाधारको आकँलन गरी आवश्यक व्यवस्था गर्ने कोभिड १९ अस्पतालका निर्देशन दिने र सोको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
* कोभिड १९ रोकथाम , नियन्त्रण निदान र उपचारका लागि आवश्यकता अनुसार सुरक्षा निकाय परिचालन गरी जनस्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने सल्लाह सुझाव दिने ।
* क्वारेन्टिन, आइशोलेशन तथा होल्डिङ सेन्टर व्यस्थापन गर्ने ।
* विदेशमा रोजगारका निम्ति गएका रोजगार कटौति भएर अलपत्र परेका नागरिकको उद्धार गर्ने ।
* कोभिड १९ रोकथाम , नियन्त्रण निदान र उपचारका लागि आवश्यक गर्ने औषधी स्वास्थ्य साम्रगी तथा स्वास्थ्य उपकरणको अपतकालीन आपुर्ति गर्न कार्ययोजना बनाउने ।
* सक्रमित भई मुत्यु भएका व्यक्तिको शव व्यस्थापन गर्न नेपाली सेनाको सहयोग लिने ।
* कोभिड १९ महामारीमा एकातिर मानिसको दैनिक जीवन हातमूख जोड्न समेत समस्या भएको भने अर्को तर्फ कालाबजारी गर्ने , कृतिम महंगी सिर्जना गर्नेलाई प्रशासनले अनुगमन गरी सुशासनको प्रत्याभूति दिलाउने ।
* भिडभाड नियन्त्रण गरी कोभिड संक्रमण रोक्न सरकारले ल्याएको जोर विजोर प्रणाली , पसल खुल्ने समय आदि कार्यान्वायन भए नभएको अनुगमन गर्ने ।
* रोजगारी कटौति भइ वेरोजगार भई हातमुख जोड्न बाध्य भएकाहरुका निम्ति राहतका प्याकेज ल्याउने ।
* शासकीय सुधारका योजना ल्याउने
* आर्थिक उपार्जनका क्रियाकलाप संचालन गर्ने
* सार्वजनिक निकायका अभिलेख ब्यवस्थित डिजिटलाइजेसन गर्ने
* विद्युतीय शासनको कार्यान्वायन हरेक कार्यालयमा गर्ने
* वृहत्तर जलविद्युत निर्माणमा जोड दिने
* आर्थिक संकटले वैदेशिक वेरोजगार कटौति भएकाको तथ्यांक अद्यावधिक गरी स्वरोजगारका कार्यक्रम संचालन गर्ने ।जसका लागि प्रधानमन्त्रि रोजगारको सहयोग लिन सकिन्छ ।
* विभिन्न मूलुकबाट कोभिड १९ रोग विरुद्धको खोप आउँदा खोप लगाउने ठाउँमा भिडभाड भएर लामो लाइन वस्नुपरेको बाध्यता देखिएको त्यहाँबाट पनि रोग फैलन सक्ने जनगुनासो आइरहेको सन्दर्भमा खोप केन्द्रको संख्या बढाउने र टोकन प्रणाली लागु गर्ने ।
* विभिन्न स्थानमा भिडभाड हुन नदिने वातावरणको सिर्जना गर्ने ।
* शैक्षिक वातावरण नखस्कियोस भन्नका लागि अनलाइन शिक्षण सिकाइको ब्यबस्थापन गर्ने ।
* नेपाल सरकारले सञ्चालन गरेका मास्क अभियान जस्ता कोभिड नियन्त्रणको अभियानमा सहयोग गर्ने ।
* कार्यालयबाट प्रदान गर्ने सेवा सुविधा अनलाइनबाट गर्ने ब्यवस्था गर्ने ।
* अनलाइन कर तिर्ने प्रविधिको विकास गर्ने जसको कारण राजस्व धेरै उठ्छ अनि करदातालाई झन्झटिलो हुदैँन ।
* कार्यालयमा सेवाग्राहीको भिडले गर्दा कोभिडको संक्रमणको श्रोतको रुपमा रहेकाले रहज सेवा दिन र सहज सेवा प्रदान गर्न घुम्ति सेवामा टोली परिचालन गरी सार्वजनिक सेवा प्रवाह गर्ने ।
* लामो समयको ब्यवसाय बन्द ,लकडाउनले गर्दा आर्थिक स्थिति थलिएको कारण गरीविमा वृद्धि भएकोले बास्तविक गरीबको पहिचान गरी राहतका अनि सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने र यस्ता योजना ल्याउन सरकारलाई रचनात्मक सुझाव दिने ।
* कोभिड पोजिटिभ भएका विरामी ओम आइसोलेसनमा बसे वा नवसेको नियमित स्थानिय तह मार्फत गरि रोग फैलावटबाट बचाउने ।
* कोभिड परिक्षण सरकारी संयन्त्र बाहेक निजि क्षेत्रबाट समेत भएकोमा नेपाल सरकारको निर्देशिका अनुसार भएको वा नभएको भनी निजि क्षेत्रको नियमन गर्ने
* भिडभाड कम गर्न कार्यालय दुइ सिफ्टमा संचालन गर्नुका साथै २ सिफ्टमा सेवा दिने कर्मचारीको चाँजोपाँजो मिलाउने ।
* क्षतिपूर्ति सहितको नागरिक वडापत्रको ब्यवस्था आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा गरी कार्यान्वायन गर्ने आदि ।
युद्धका घटनामा पनि राम्रा घटना भएका थिए जस्तो दोश्रो विश्वयुद्धको परिणाम स्वरुप संयुक्त राष्ट संघको स्थापना भएको जस्तै कोभिड महामारीको चरणमा नेपालमा जस्तो विकाशील राष्ट्रको लागि थुप्रै प्रगति भएका छन । नेपालको लागि इन्टरनेट प्रयोगमा हाल भएको प्रगति पनि धेरै ठुलो प्रगति मानिन्छ । अहिलेको यो विषम परिस्थतिमा पनि विद्यार्थी तथा अभिभावकहरुलाई यसको प्रयोग र महत्वलाई सजिलै प्रयोग गरी नजिक ल्याइदिएको छ । प्रविधिको प्रयोग जस्तै भिडियो÷अडियो कल एवं सामुहिक कल , इमेल, सुचना आदनप्रदान र विभिन्न संचार माध्यमको सहयोगले यस समयमा निकै सहयोग पुर्याईरहेको छ ।
यही माध्यमका कारण सरकारका आन्तरिक साथै वैदेशिक कार्यहरु पनि सञ्चांलन भैरहेको छन । जसबाट पनि यसको राम्रो प्रभाव पारेको भन्न सकिन्छ । वर्तमान समयको समस्याको समाधान गरी भविष्यमा आइपर्ने सक्ने असर बारे सजग तथा तयार हुन जरुरत छ अब । त्यसै गरि यस समयमा नयाँ प्रविधि इन्टरनेटको पहुँच सबैको अधिकार, वातावरण प्रदुषण रोकथाममा मानिसको भूुमिका, शिक्षा तथा सुचना आदानप्रदान गर्ने, स्वास्थ्य क्षेत्रको प्राप्त मात्रामा लगानी र विकासको महत्व प्राप्त पारिदिएको छ । अबको समय भनेको स्वास्थ्य क्षेत्र महत्वपूर्ण छ भने कुरा सबै स्थानिय तह देखी नै स्वास्थ्य व्यवस्थापनमा ध्यान दिनु पर्ने आवश्यक देखिएको छ । पहिले कुनै महत्व नमानिएको क्षेत्र स्वास्थ्य क्षेत्रमा राज्यको पहिलो प्राथमीकता रहेको छ । आफ्नो व्यक्तिगत सरसफाई बारेमा पनि साना बच्चा देखि बृद्ध मानिसहरुले सिमेत चिन्न मौका पाएका छन् । जहिले पनि बाहिरबाट आएपछि हात धुने वानीले विभिन्न संक्रमण रोग जस्तै झाडापखाला , हैजाको प्रकोपमा कमी आएको छ । यसलाई निरन्तरता दिई आफ्नो जीवनमा लागु गर्ने सकियो भने अरु मानिसलाई पनि ज्ञान गुणका कुराहरु प्रदान गर्न सकिन्छ ।
आम नागरिक पनि आफ्नो स्वास्थ्य र दैनिकी प्रती निकै सहज हुन थालेको छ । हालको लकडाउन पश्चात परेको असर साना उद्योग देखी ठुला ठुला उद्योग सम्म घाटामा परेका छन् । मानवता हराई सकेको विश्वमा भइचारा कायम गरी दुःखमा सबै एक जुट भएर सहकार्य गर्नूपर्छ भने भावना जगाएको छ । झाडापखाला , बाढी पहिरो को महामारी पुर्वतयारी गर्ने र कमजोर स्वास्थ्य प्रणली मजबुत बनाउने यो एउटा ठुलो अवसर पनि हो ।
यस्तो महामारीको बेलामा राष्ट्र सेवक कर्मचारीले आफ्नो नियमित कार्य डिजिटाइजेसन विद्युतीय शासनको कार्यान्वयन हरेक कार्यलयको लागु गरी फेमवर्क तयार गरी , हरेक कार्यलयको सगंठन संरचनाको रणनीतिक दस्ताबेज तयार गर्ने लगायत गरेर घरबन्दी अवस्था राखेर पनि काममा लगाउन सकिन्छ । स्थानिय तहबाट गरिएका कार्य पनि ृएकदमै प्रभावकारी देखिएको छ । स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीहरुले दिनव्यक्ति जस्तो निरीक्षण गर्ने ,कुनै लक्षणहरु देखापरेको छ छैन भनी सोध्ने, विदेशबाट आएकाहरुका मनिसहरुको खोजी निरीक्षण गर्ने यसरी खोजी गर्दा लक्ष्णहरु मिल्दोजुल्दो भेटीएमा ठुला अस्पताल पठाउने र जनस्वास्थ्य मापदण्ड महत्व बारे आफ्नो छरछिमेकमा भृमिका खेलेका छन् । आफुसगँ उपलब्ध स्रोतसाधन तथा सघं, प्रदेश र सघंसस्थाको सहयोबाट स्थानीय सरकारले यो महामारी नियन्त्रणमा समुदायस्तरमा क्वारेण्टाईन र आईसोलेशन निर्माण तथा व्यवस्थापन , जनशक्ति , परिचालन , टेष्ट किट तथा मेसिन खरिद , स्वाब संकलन परीक्षण, टेसिङ, सचेतना अभिवुद्धि, उद्धार, सयन्त्र गठन तथा परिचालन जस्ता महत्वपुर्ण कार्य सम्पादन गरेको देखिन्छ । त्यसैगरि स्थानिय सरकारले सघं र प्रदेश सरकारले मार्गर्शनको पालना तथा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरि कोरोनाको महामारी नियन्त्रणको तथा व्यवस्थापनमा आफ्नो मुख्य जिम्मेवारीको रुपमा लिई निरन्तर लागि परेका छन् । यद्दपि आर्थिक , प्रविधिक तथा अनुभवको कमीको कारणले गर्दा महामारी नियन्त्रणका कतिपय पक्षमा कमी कमजोरीहरु प्नि रहेको देखिन्छ ।
कोरोना महामारीमा राष्ट्रसेवक डराउने हैन जनताको वृहत्तर हितका काम गर्न तल्लिन हुनुपर्छ । एउटा भनाइ छ , जहाँ इच्छा त्यहाँ उपाय एउटा सम्भावनाको ढोका बन्द भयो भन्दै डराउने हैन अन्य सम्भावनाको अवसरको खोजी गर्नुपर्छ । सन् २०१८ मा नोवेल पुरस्कार विजेता अर्थशास्त्री रोमरले भनेको भनाइ अनुसरण गर्नु सान्दर्भिक हुन्छ । उनले भनेका थिए संकटलाई खेर फाल्ने भयानक गल्ती गर्नु हुदैँन ।संकटमा सम्भावना जोडिएर हैन गुणन भएर आउँछन । अहिले पर्यटन , मनोरञ्जनका ब्यवसायमा खडेरी परेको होला तर स्वास्थ्य र सुचना प्रणालीमा लगानी बढाउन सकिने अवस्था रहेको छ । मास्क सेनिटाइजर ,अक्सिजन उत्पादन जस्तामा निर्भर रहनु परेको र थुप्रै बहुमूल्य औषधि जन्य जडिबुटी हुँदा हुँदै पनि कच्चा पदार्थ सस्तोमा बेचेर महँगोमा औषधि निर्यात गर्नुपर्ने तितो यथार्थ भोगी रहेका हामी औषधि ब्यवस्थापन कम्पनी लिमिटेडलाई सवलिकरण गर्न सकेको खण्डमा औषधि निर्माणमा आत्मनिर्भर बन्न सक्छौँ । यस विषयमा राजनैतिक नेतृत्वलाई बुझाउन राष्टसेवकले पहल गर्नुपर्दछ ।
मन्त्रिपरिषद्को बैठक समेत कोरा कागजविहिन ( उबउभचभिकक ) सकेको अवस्थामा धेरैजसो कार्यालका कार्य लालकित्तामा आधारित भएको भनेर आलोचना भएको अवस्था रहेको छ । विद्युुतीय सेवाबाट कार्यालयको काम आधुनिकिकरण गर्ने अवसर सिर्जना भएको छ ।
जस्तै : जिल्ला प्रशासन कार्यालयका काममा अनलाइन सिफारिस ,मालपोत कार्यालयमा जग्गा रजिस्टेसन अनलाइनबाट ,प्रहरीलाई चोरी ,डकैती र वलत्कारका घटनाको जानकारी मोबाइल एप्सबाट । यस्तो किसिमको विकास गर्न सकेको खण्डमा सार्वजनिक निकायप्रति नागरिकको विश्वास बढेर जान्छ ,विचौलियाको विगविगी अन्त्य हुन्छ र छिटो छरितो सेवा प्रवाह हुन्छ ।
आज गाउँमा खेति गर्ने जग्गा बाझैँ छन तर शहरमा भाडाको घरमा बसेर गमलामा तरकारी फलाउनुलाई उत्कृष्ठ ठान्ने युवा पुस्ता हिलोमा हलो समाएर हुत्तिन जान रुचाउदैँनन । यसको विकल्पमा कृषिलाई पर्यटन र जडिबुटीसँग जोड्न सकेमा विश्व बजारमा स्थापित हुन सकिन्छ । आयुर्वेदिक रिसोर्टलाई विकल्पको रुपमा लिन सकिन्छ ।कोरोना ल्याएको अवसरले हामी आम नागरीकले महामारी पश्चात हुने परिवर्तनलाई अवसरका रुपमा बदल्नु आवश्यक देखिएको छ जस्तै ः देशमै यवाहरुलाई रोजगारी सिर्जना गर्ने यो उपयुक्त अवसर पनि भएको छ । रोजगारी र उद्यमशीलताले ग्रामीण अर्थ व्यवस्थालाई दीगो र भरपर्दो पनि बनाउँछ । कृषिलाई प्रविधिसँग जोड्दै उत्पादित वस्तुलाई स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँचसम्म पुर्याउने, अनलाइनमार्फत कृषि उपजको बजारमा सहज उपलब्ध हुने व्यवस्था मिलाउने प्राकृतिक चिकित्सा एवं आयुवेदिक उपचार पद्धतीको विकास र विस्तारमा जोड दिने । सुचना प्रविधिको प्रयोग गर्दे नयाँ नयाँ प्रविधि अनुसार उघमशीलता विकास गर्ने । रोजगारीका विभिन्न क्षेत्रहरु खोजी गर्ने । नयाँ अवसर र सम्भावना पहिल्याउने , वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान , सीप ,पुजीँलाई साना तथा मझौला उघोगमा लगानी गर्ने सहुलियत कर्जा उपलब्ध गराउने ।
रेमिट्यान्समा निर्भर मूलुकलाई वैदेहिक रोजगारमा कटौति हुनु चिन्ता र शोक लाग्नु स्वभाविक हो तर शोकलाई शक्तिमा बदल्न सक्नुपर्दछ । प्रतिभा पलायन पनि राज्यको ठूलो समस्या हो । विदेशमा गएर कमाएर वेरोजगारी र गरीवि घट्नु तत्कालीन ब्यबस्थापन हो ।स्थायी ब्यवस्थापन हैन । ती युवालाई विभिन्न उद्योग धन्धा , विद्युतीय आयोजनामा समेट्ने अवसर सिर्जना भएको त्यतातिर ध्यान दिनका लागि हाल कोभिडको कारण कार्यालयको चाप कम हुँदा यसको फ्रेमवोर्क बनाउने राष्ट्रसेवकमाथि अवसर आएको छ जसको कार्यान्वायन गर्न चुक्नुहुदैँन ।
यस महामारी व्यवस्थापनमा स्थानीय सरकारका सिकाईहरुलाई अगामी दिनमा नितिगत रुपमा सम्बोधन गरी कार्यन्वयन गर्नु आवश्यक देखिन्छ । सिमित स्रोतसाधनका राष्ट्र सेवकले महामारीविरुद्धको लडाँईलाई अडिक भएर निरन्तरता दिदै आएको छ ।। यसका लागि शकांस्पद सत्रंmमितको पहिचान, परीक्षण र निगरानी नै मुल मन्त्र हो भनी सबै सरोकारवालाको हातेमालो आवश्यक परेको छ ।
राष्ट्रसेवक कर्मचारीले कोभिड रोग देखिएको सुरुवाती दिनहरुदेखि नै दिनरात नभनी महामारी विरुद्धमा युद्धस्तर तयारीमा जुटेका छन । तर आर्थिक ,भौतिक , मानवीय चुनौतिले हुनुपर्ने उपलब्धि हुन सकेन भनेर गुनासो सुन्न पाइन्छ । यी गुनासो सम्बोधन गर्न माथीका उल्लेखित कृयाकलाप , अन्तराष्ट्रिय कर्मचारीतन्त्रका अभ्यास र विज्ञका सुझाव अनुसार अघि बढ्नु जरुरी छ ।अनि मात्र राष्ट्रसेवक कर्मचारीले कोभिड महामारीको ब्यवस्थापनमा खेलेको भूमिकाको कदर हुन्छ । सुशासन ग्लामर गफमा हैन वास्तविक प्रत्याभूति भएको अनुभव हुन्छ ।
(लेखक चाल्नाखेल प्राथमीक स्वास्थ्य केन्द्र दक्षिणकाली काठमाडौँमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ ।)