म त निरक्षर नै !

हुन त निरक्षर भन्नाले अक्षर चिन्न नसक्नेलाई भनिन्छ। नेपालमा अक्षर चिन्न नसक्नेको संख्या क्रमशः कम हुदै गएको तथ्यांकले देखाउछ। आजभोली विद्यालयहरू हरेक गांऊमा खुलेका हुदा साक्षर हुने अवसर सबैले पाएकै हुन्छन्, त्यसैले निरक्षरको संख्या क्रमशः घट्दो छ।

Advertisement 1

तर शिक्षा भनेको कक्षा बढोत्तरी हैन रहेछ, प्रमाणपत्र पाउनु मात्र पनि हैन रहेछ। यहां त प्रमाणपत्र पाउनु, कक्षा बढोत्तरी हुनुले मात्र साक्षरताको मापन नहुने रहेछ। औपचारिक शिक्षाका प्रमाणपत्रवाहक पनि निरक्षर सरह हुनु पर्ने रहेछ। शिक्षा समसामयीक हुन सकेन, देश सुहाउदो हुन सकेन भने त्यो शिक्षा पाएकोलाई साक्षर भन्न नमिल्ने रहेछ।

हामी स्वयंको विषयमा भन्नु पर्दा हामीहरू मध्ये कतिले स्वदेशबाट उच्च शिक्षा पाएर पनि आफूले राम्ररी विदेशी भाषा बोल्न र लेख्न सकिदैन,कम्प्युटरको भाषा आउदैन भने हामीले आफ्ना बिचार सहज रूपमा आदान प्रदान गर्न सक्दैनौ भने हामी कसरी साक्षर हुन सक्छौरु हामी त निरक्षर सरह नै हुन पुग्छौ। किनभने हामीले लिएको शिक्षा अन्तर्राष्ट्रिय स्तरको रहेनछ । मलाई लाग्छ अहिलेको शिक्षा पनि त्यस्तै नै छ तर हाम्रो पालाको भन्दा त अवश्य पनि स्तरीय छ। बासको कलमबाट लेखनी शुरू गरेका हामीले कम्प्युटरबाट लेखन कार्य गर्नु भनेको परम्परागत कोलबाट तोरी पेलेर तेल निकाल्नु सरह हो रहेछ। आजभोलीका कामहरू कम्प्युटरमा आधारित हुने भएकोले हाम्रो पु्स्ताहरू विदेश तिर त बेरोजगार हुने नै भए, नेपाल मै पनि वृद्ध भत्ता खाएर बस्नु पर्ने स्थितिमा रहेका छौ।

Advertisement 2

फेरि हामीले झोला सकी नसकी बोकेका अंग्रेजी किताबको अध्ययन, अध्यापक र अध्यापन का कारणले पनि होला एस एल सी मा सबभन्दा धेरै फेल भईने विषय हो यो। कनिकुथी पासमार्क ल्याएको विषय भएर होला उच्च शिक्षामा पनि यो विषयले त्यति साथ दिएन । त्यसैले करीव अन्तर्राष्ट्रिय भाषा बनेको अंग्रेजी नजान्नुको पिंडाले होला आजभोली हामी सबैको हरेक क्षेत्र बोझिलो हुने गरेको छ। सानै देखि नै यसलाई एउटा सामान्य भाषा मानेर प्रयोग गर्दै आएको भए हामी निरक्षर जस्तो हुनु पर्ने थिएन।

यसरी बोलिने भाषा, प्रविधि मूलक लेखनका कारण हामीहरू विश्व बजारमा नबिक्ने जन शक्तिको रूपमा देखिएका छौ। हामी भित्रको क्षमता अभिब्यक्त गर्न नसक्नाले हाम्रो ज्ञान र सीप उजागर हुन सकेको छैन। यसै कारण हामी सस्तो मूल्यमा हामीलाई बेची रहेका छौ। हुन त काम र श्रम आफैमा सानो ठूलो हुदैन तर हाम्रो संस्कार र संस्कृति काममा आधारित भएर मानवीय मूल्य तोक्ने किसिमको छ। त्यस कारण हामी विश्व बजारमा साक्षर पात्र भएर देखिन सकेका छैनौ। नयां कुरा सिक्न हामी हिच्किचाउछौ। हामीले पूर्वाग्रह बोकेर काम सिक्न खोज्छौ जसले हामीलाई अगाडि बढ्न दिदैन।

Advertisement 3

हामीमा देखिने कमी कमजोरीलाई आधार बनाएर जब हामी अगाडि जान रोकिन्छौ, हामीले केही सिक्दैनौ। सिक्ने काम उमेरका कारण रोकिदैन। उमेरको बढोत्तरी संगै शारीरिक कमजोरी नहुने हैन तर मनोबलका अगाडि त्यो कमजोरी केही हैन। हामीले हाम्रो कमजोरीलाई माध्यम बनाएर नयां कुरा सिक्न छोड्नाले हामी समसामयीक हुन सकेका छैनौ।यसैले हामी पछि पर्दै गएका छौ।

विकसित देशमा उमेरका कारण काम नपाउने भन्ने हुदैन र यसको आधारमा भेदभाव गर्न पनि मिल्दैन तर हामीले हामी स्वयंलाई अद्यावधिक गर्न सकेनौ भने हामीले हाम्रो क्षमता अनुसारको काम पाउन सक्दैनौ। कामहरू शारीरिक वा मानसिक हुन सक्छन्। शरीर कमजोर हुदै जादा शारीरिक काम गर्न नसकिएला तर वर्तमान प्रविधिले त्यसलाई पनि सहजता तर्फ लगी रहेको छ भने मानसिक काम गर्न त हामी लामो उमेर सम्म सक्छौ। विदेशी श्रम बजारमा सेवा निवृत्त जन शक्ति पर्याप्त मात्रामा भेटिन्छ। त्यलैले बेरोजगारको संख्या अत्यन्त न्यून हुन्छ।

प्रकाशित :२०८० कार्तिक १७, शुक्रबार ०८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry