रिस : जीवनको महत्त्वपूर्ण शत्रु
क्रोध वा रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ। जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ। क्रोध कायरताको लक्षण हो। विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन। रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ।
करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ। रिस लाग्दा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ। रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन्। किनभने तिनीहरू क्रोधजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आप्mनो अस्तित्व देखाउन चाहन्छन्।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो।
क्रोध पीडाले भरिएको पीडाको उच्च अवस्था हो। रिसले मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट झर्छ । क्रोधको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो। बेवास्ता, घृणित र घृणित मानिने मानिसहरू झन् रिसाउँछन्। क्रोध, जसलाई रिस पनि भनिन्छ, एक कथित उत्तेजना, चोट, वा धम्कीको लागि कडा असहज र असहयोग प्रतिक्रिया समावेश गर्ने तीव्र भावनात्मक अवस्था हो। क्रोध एक प्रकारको भावना हो। गहिराइमा व्याख्या गरिदिने हो भने डरका कारण उत्पन्न हुने अनुभूति हो । जब एक व्यक्तिले डरका कारणहरूलाई रोक्न खोज्छ, क्रोध उत्पन्न हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ।
कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू मध्ये एक क्रोध हो। क्रोध मानिसको शत्रु हो। प्रायः मानिसहरू, जब तिनीहरू धेरै रिसाउँछन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन्। रिसले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्याधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुन सक्छ।
रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।
सिामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ। यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ। तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दुःख, कष्ट, अन्याय इत्यादि हुँदा सामान्यतया रिस उठ्छ।
रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ पिउनतिर लाग्छन्।रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ। आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ।
रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ। विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ। रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।
रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ। प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
दैनिक कमसेकम ३० मिनेट ध्यान गर्ने। ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ। प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन। पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पु¥याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।क्रोधित व्यक्तिहरूले धेरै कदम चाल्छन् जुन गलत साबित हुन सक्छ। रिसमा गलत बोल्नु भन्दा धेरै रिस उठ्दा चुप लाग्नु राम्रो हो। केही नबोल्दा विवादको अवस्था आउँदैन। रिसाएको बेला मौन रहनुभयो भने रिसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्नुहुनेछ। मुद्दा त्यहाँ शान्त हुनेछ। बोल्ने हो भने सोचेर बोल्नुस्।
रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस्।महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो ।जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ। हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो।
रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन्। अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन्। रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन। त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ।
(तोमनाथ उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)
प्रकाशित :२०८१ जेष्ठ ३०, बुधबार १२:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%