भाई मिरोजलाई खुलापत्र

प्रिय भाई मिरोज
यस तिहारमा शुभ चिन्तक दिदिको अनन्त प्रेम,
केही दिन अगाडी तपाईको र्याप सुने थाहा पाए तपाईको गित संगितमा चाख र प्रतिभा दुबै रहेछ । श्रृजना उत्कृष्ट थियो तर भावहरु कसै प्रति असंतुष्टी, रिस प्रतिसोध झल्काउने खालका थिए । बुझे तपाईको भावहरु माता यानी श्रोत प्रति सकारात्मक रहेनछन् । माता त्यस्तो सम्बन्धको नाम हो जसको ढोका हामी जति नै सुकै नालायक र अपराधी नै भएपनि कहिलै बन्द हुदैनन् । उनले सन्तानलाई दिने प्रेमलाई कुनै पनि घटना र परिस्थितिले रोक्न सक्दैन । सायद कतै ईश्वर छन् भने आमा जस्तै छन् होला । हरेक व्यक्तिका लागि भर, सहारा र प्रेमको श्रोत हुने सम्बन्ध विषाक्त भएको रहेछ तपाईका लागि ।

Advertisement 1

भाई मिरोज ! शिशु जन्माएर त्याग्ने आमा पनि पुजनिय नै हुन्छिन् किनकी उनले शिशुलाई शरिरमा धारण गरेकी हुन्छिन् । अथाह पिडा सहेर मृत्युसङ्ग लडी शिशु जन्माएकी हुन्छिन् । जबकी उनले आफ्नो गर्भ तुहाउन पनि सक्थिन् । तपाईकी आमासङ्ग पनि गर्भ तुहाउने शिशु त्याग्ने सबै विकल्पहरु थिए तर उनले यसो गरिनन् । शरिरमा धारण गरिन्,जन्माईन र हुर्काईन । एक आमा भएको नाताले म बझ्छु, सन्तान हुर्काउदा आमाले कति सहनु पर्छ । कति कुराको त्याग गर्नु पर्दछ । यति मात्र गरिनन् उनले, तपाई बालिग नहुन्जेलसम्म एक मृत सम्बन्धलाई बोकेर पनि हिडिन् । यही नै हो तथ्य, यो कसैले बदल्न सक्दैन । व्यक्तिको आचारण कस्तो हुने भन्ने कुरा उसको लामो कर्म र प्रारब्धको श्रृङ्खलाले निर्धारण गर्ने कुरा हो भाई । यसलाई अरुले बदल्न सक्दैनन् । भोगेर, जानेर, चेत आएर आफैले बदल्ने कुरा हो । यदी तपाईकी माता शारिरिक रुपमा अशक्त र रोगी भएको भए तपाईले स्वीकार्नु हुन्थ्यो । सहयोग गर्नुहुन्थ्यो । उपचार गर्नु हुन्थ्यो होईन र ? यदि उनी तपाईको र्यापमा जस्तै हिंसक छिन्, रिसराग, ईश्या र अहंकारबाट ग्रसित छिन् भने पनि यो मनको रोग हो, अशक्तता हो भाई । मन रोगी र अशक्त हुनेलाई पनि उपचार चाहिन्छ । सहयोग चाहिन्छ । मनको रोगको उपचार प्रेम र सामिप्यता हो भाई । घृणाले कुनै समाधानको बाटो दिदैन ।

म बुझ्छु भाई, आमाको जोसङ्ग वैवाहिक सम्बन्ध थियो । त उसको सन्तान होईनस् भन्नु जस्तो ठुलो गाली सायद केही होईन नेपाली समाजमा । जननीले नै त्यसो भन्नु आफ्नो सन्तानको वैधानिकतालाई र जन्मलाई गाली गरेको हो । हरेक दिन करिब करिब नाटक नै हुन्छ सोसल मिडियामा । उनी आफुलाई असल र अरुलाई खराब देखाउन कुनै कसर बाँकी राख्दिनन् उनी । जबकी दोश्रो पक्ष पुरै मौन छ । यो पर्दामा देखिएको कुरा भयो । यसको पछाडी रहेको उनको मानसिकतालाई बुझ्ने कोशिश गर्नुस् । सम्बन्ध बिग्रनु या सम्बन्ध विच्छेद हुनुमा एक पक्ष गलत र अपराधी नै हुन्छ भन्ने मानसिकता छ समाजमा अहिले पनि । यदि दुई व्यक्तिका बिचार मिल्दैनन् र सहकार्य सहज छैन भने छुट्टीने हो । सबै सम्बन्ध विच्छेदमा शारिरीक र मानसिक हिन्सा हुनै पर्छ भन्ने छैन । दुई व्यक्ति आफ्ना ठाउमा सही नै छन् तर उनका बिचार सहकार्य हुन नसक्ने गरी मिल्दैनन् भने पनि सम्बन्ध टुट्छ । सायद यही कुरा उनले नबुझेको हो । त्यसैले आज पनि उनी दोश्रो पक्ष गलत भएर सम्बन्ध बिग्रिएको हो देखाउन खोज्दैछिन् । उनले के के भनिन् ? के के गरिन् ? नहेर्नुस् उनले त्यसो किन गर्दैछिन् ? गहिराईमा गएर बुझ्नुस् । उनी आफ्नै अज्ञानताका कारण पिडामा छिन् । वियोगले पिरोलेको छ उनलाई । उनले भन्न जानुन या नजानुन सन्तानको वियोग आमाले कसरी सहने ? २२ वर्षसङ्गै बसेको पति तथा आफैले जन्माएका सन्तानसङ्ग छुट्नुको पिडा र त्यसको गहिराई बुझ्ने कोशिश गर्नुस् ।

Advertisement 2

केही पिडाहरु, अप्रिय घटनाहरु, काम नै नलाग्ने गरी झुत्रिएका सम्बन्धहरु सबैको जीवनमा हुन्छन् । मार्यादा पुरुषोत्तम भगवान रामले आफ्नै पिताको आदेशमा १४ वर्ष वनबास जानु पर्यो । १४ वर्षे वनबास कालमा श्री रामले कुनै पनि दिन पितालाई सरापेनन् किनकी उनलाई ज्ञान थियो पिता त मात्र माध्यम थिए उनले त आफ्नै प्रारब्ध भोग्दै थिए । विवेक जाग्रत छ भने यी सबै कुराको ज्ञान हुन्छ । अरुलाई दोषि देख्नु विवेक निदाएको लक्षण हो । जीवनमा आउने प्रतिकुल अवस्थाले हामीलाई केही सिकाउन खोजी रहेका हुन्छन् । हाम्रो चेतना जगाउन खोजीरहेका हुन्छन् । जागेर सिकेर अघि बढ्नु नै जीवन हो ।

परिस्थिति जे जस्तो सुकै होस् भाई, घृणाको बोझ लिएर हिडेको मान्छे टाढा सम्म पुग्न सक्दैन । त्यस माथि आमा त मुल हो । आफु उब्जिएको हुर्किएको भुमीलाई सराप्दा सधै हिनताको बोधका साथ जीवन यापन गर्नु पर्ने हुन्छ । जीवनमा केही प्रारब्धहरु हुन्छन् । जुन हरेक मानवले नभोगी हुदैन । भागवत प्राप्त गरेका व्यक्तिहरुले पनि शरिरमा हुदा सम्म प्रारब्ध भोग्नं पर्छ । प्रारब्धले हाम्रो जीवनमा घटना दिन्छन् । हामीले कस्तो प्रतिकृया दिने, कस्तो अनुभव गर्ने हाम्रो हातको कुरा हो । तपाईकी आमा हुन् उनी, यो तथ्य कसैले परिवर्तन गर्न सक्दैन । त्यसैले स्वीकार गर्नुस् । कारण जे सुकै होस् घृणा रिस साह्रै अकल्याणकारी र विष समान भाव हुन् । यस्तो भावले हामीलाई आफु भित्रको खुसी र आनन्दबाट पर लैजान्छ । त्यसैले जस्तोसुकै परिस्थितिमा कसैसङ्ग पनि घृणा र वैरभाव राख्नु हुदैन । अरु कसैको गल्तीमा हामीले विष खान्छौ र ?  खादैनौ नि । रिस घृणा पाल्नु विष खानु नै हो । विवेकीले क्षमा गर्छ, त्यसो गर्न नसके देखेको नदेखै गर्छ । दुखि हुनु, प्रतिशोधको भावना राख्नु कमजोर मन हुनुको लक्षण हो । विवेकी बन्नुस् भाई ।

Advertisement 3

मानव चोला सुनौलो अवसर हो । कम्तिमा पनि उनबाट तपाईलाई मानव चोला प्राप्त भएको हो । कृतज्ञ हुनुस् उन प्रति । हरेक दिन प्राथना गर्नुस् तपाईकी श्रोतलाई राहत मिलोस्, शान्ति मिलोस् । उनको विवेक जाग्रत होस् , जे जस्तो छ त्यस्तै देख्न सक्ने क्षमता दिउन् उनलाई परमात्माले । जे साथमा छैन त्यसमा हैन, जे साथमा छ त्यसमा केन्द्रित हुनु पर्दछ । आफैलाई ऐना हेरेर मुस्कुराउनुस् । खुलेर प्रेम गर्नुस् । सकारात्मक भएर जीउनु नै सार्थक जीवन हो ।

आनन्दमय जीवनको शुभकामना

प्रकाशित :२०८० कार्तिक २८, मंगलवार १०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry