१६ जिल्ला न्यायधीशको काज सरुवा

१६ जना जिल्ला न्यायाधीशहरु सरुवामा परेका छन् । प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठले १६ जिल्ला न्यायधीशको काज सरुवा गरेका हुन । जसअनुसार न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा पठाइएको छ । रसुवा जिल्ला न्यायधीश रामचन्द्र पौडेल अनिवार्य अवकाशमा जान लागेका कारण सो ठाउँमा थापालाई खटाइएको हो ।
यस्तै चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी शिवाकोटीलाई भक्तपुर, बाँकेका देवकुमार गिरीलाई झापा जिल्ला अदालतमा पुगेका छन् भने नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भिष्मराज प्रसाईलाई बाँके, मुस्ताङका इश्वर पराजुलीलाई रुपन्देही र ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको जनाइएको छ ।

Advertisement 1

यस्तै विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलाञ्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा, ओम बहादुर सोडारीलाई झापाबाट मुस्ताङ र विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाही जिल्ला अदालतमा खटाइएको छ ।
न्यायपरिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशको काज सरुवा गराएका हुन् ।

प्रकाशित :२०८० आश्विन २५, बिहीबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry