१० उपसचिव यताउता :- ८ सरुवा,२ कामकाज (सूचीसहित)
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार १० उपसचिवको सरुवा गरेको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इकर्मचारीलाई उपलव्ध गराएको छ ।
प्राप्त विवरण अनुसार २ उपसचिवलाई कामकाज र बाँकी ८ को सरुवा गरिएको हो । मन्त्रालयले राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव नारायण पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन अतिरिक्त समूहबाट कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तरगत सरुवा गरेको छ ।
यस्तै,घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिम प्रदेशमा खटाएको छ ।
Advertisement 2
सरुवा भएका उपसचिवहरुमा लिलाराज पौडेल,मुकेश रेग्मी,लक्ष्मीप्रसाद रेग्मी,सन्तोष कुमार दाहाल,बासुदेव रेग्मी,पुष्कर खड्का,टिकाराम घिमिरे र गीता ढकाल रहेका छन् ।
सूची अनुसार,लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका छन्,लिलाराम पौडेल । सूचना तथा सञ्चारबाट भौतिक पूर्वाधार मन्त्रालयमा मुकेश रेग्मीलाई खटाइँदा राष्ट्रिय प्राकृतिक स्रोत तथा बीत्त आयोगबाट लक्ष्मी प्रसाद रेग्मीले गृहमा इन्ट्री पाएका छन् । यस्तै सामान्यको अतिरिक्त समूहमा रहेका सन्तोष कुमार दाहालको राष्ट्रिय सूचना आयोग, वन तथा वातवरण मन्त्रालयबाट बासुदेव रेग्मीलाई राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग, गृहबाट पुष्कर खड्काको प्रदेश प्रमुख कार्यालय सुदुर पश्चिम प्रदेशतिर पठाइएको छ ।
यस्तै सामान्यको अतिरिक्तमा रहेका टिकाराम ढकालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गीता घिमिरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खटाइएको छ ।