तास खेलेको भिडियो बाहिरिएपछि सर्लाहीका सिडिओ फेरिए

सार्वजिनक स्थलमा जुवा तास खेल्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको छ।

Advertisement 1

सार्वजनिक स्थलमा सिडिओसहित दुई एसपीहरुले तास खलिरहेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएसँगै गृहले सर्लाहीको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको ठाउँमा बाबुराम खतिवडालाई खटाएको छ भने नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौर हेडक्वार्टरमा तानेर त्यहाँ कृष्ण प्रसाईँलाई पठाएको छ । यस्तै यही प्रकरणमा मुछिएर विवादित बनेका सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठको ठाउँमा भरत खनियाँलाई पठाइएको छ ।

कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनीलाई तानेको छ । जुवातास खेल्नु कानुनविपरीतको काम हो ।

Advertisement 2

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा ९ महिना कैदको व्यवस्था गरेको छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

प्रकाशित :२०७८ कार्तिक ८, सोमबार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry