स्थानीय तहको निर्वाचनले दिएका सन्देशहरु
१ जनताले स्थानीय तहमा राजनीतिक दल भन्दा व्यक्तिलाई महत्व दिएका छन् । नेता र नेतृत्व भन्दा नीतिलाई पछ्याएका छन्। निर्वाचनले स्थानीय तहको नेतृत्व बलियो बनाएको छ। संघीयताको मर्म स्थानीय तहमा देखिएको छ। स्थानीय तह देशको परिवर्तनको वाहक बन्दैछ।
२ स्थानीयतहमा दलको भन्दा स्वतन्त्र नेतृत्व हुनुपर्छ भन्ने देखिँदैछ। नेताको भाषण भन्दा काम र परिणाममा जनताले जोड दिएका छन्। केन्द्रीय स्तरका नेताको भन्दा जनताको विवेक माथि देखिएको छ।
३ राजनीति दल, नारा र एजेन्डामा युवाहरुले विश्वास गर्न छोडेका छन्। युवाहरूलाई नतिजा चाहिएको छ ।अब युवाहरु देशको राजनीतिमा चासो राख्न थालेका छन्। पुराना र थोत्रा नाराहरुलाइ युवाहरु चाहँदैनन् ।
४ विदेशमा रहेका करिब झण्डै २५ लाख नेपालीहरु देशको राजनीति भित्र चासो राख्छन्। र देशको परिवर्तनमा खुसी हुन्छन्। ।बाह्य नागरिकहरूले नेपालमा राजनीतिमा कुनै न कुनै रुपबाट दख्खल राख्न सक्छन्, यो निर्वाचनमा देखिएको छ।
५ यू ट्यूब र सोसल मिडियामा आएका सकारात्मक र नकारात्मक समाचारले जनताको मत र चासोमा फरक पार्छ भन्ने देखिएको छ। जनताले नेता र नेतृत्व लाई चौतर्फी मुल्यांकन गरेका छन्। र चुनावमा त्यसको प्रतिक्रिया देखाउँछन् भन्ने प्रमाणित भएको छ ।अब नेता र नेतृत्वले बोल्ने विषय सोच्नुपर्ने भएको छ।
६ पैसा खर्च गरेर चुनाव जितिदैन भन्ने देखिएको छ।जनतालाई हिजोको अमुक दल र समर्थक वा विरोधीको रुपमा हेर्दा प्रत्यूत्पादक भएको छ। अब जनताले नेता र नीतिको मुल्यांकन गर्न थालेका छन्। अझ संघीय र प्रदेश को निर्वाचनमा यो प्रस्ट भएर आउनेछ।
७ ठुला ठुला नारा र महत्वकाङ्क्षी योजनालाई जनताले मन पराउँदैनन् भन्ने देखिएको छ। साना-साना काम गर्नुस ।नतिजा दिनुहोस्। र सरल भाषामा जनतालाई सम्झाउँदा जनताले बुझ्छन्। अब राजनीतिक दलका सपनालाई जनताले नजिकबाट नियालेका छन् यस्ता कुरामा खासै बिस्वास गर्दैनन् भन्ने निर्वाचनले देखाएको छ।
८ अहिलेका युवा र नागरिक अन्तर्राष्ट्रिय घटनाक्रमबाट परिचित छन्। अर्थ-राजनीति ,सामाजिक परिवर्तन र विकासलाई अनुभव गरेका छन्। भोगेका छन्। नेपालमा पनि त्यहि चाहन्छन्।अपारदर्शिता जिम्मेवारीविहीन पनलाई अब लुकाउन सकिँदैन भन्ने देखिएको छ।
९ देशभित्र नयाँ नेतृत्वको खोजी भएको छ। युवाहरुलाई राजनीतिक दलले नेतृत्व दिनुपर्ने भएको छ। युवाहरुका अावाजलाइ सबैले मन पराएका छन। उनीहरु परिवर्तनका वाहक जस्ता देखिएका छन् ।अब राजनीतिक दलहरुले आफ्नो धारणामा परिवर्तन ल्याउनुपर्छ। र परिवर्तन चाहने युवा र जनताको मन जित्न सक्नु पर्छ ।
१० २०४६ र २०५२- ६२ को जनआन्दोलनको उपलब्धि संस्थागत नसक्दा यो समस्या देखियो.। आजको युवा मतदाता त्यो समयभन्दा पछि जन्मिएको छ। उसले यसलाई इतिहास मान्दैछ। राजनीतिक दलहरुले ती युवाहरुलाई रोजगार, प्रविधि दिन सकेनन्। । ठूलो जमातमा राजनीतिबाट वितृष्णा पैदा हुँदैछ। यसलाई व्यवस्थापन गर्नु राजनीतिक दलहरुकाे कर्तव्य भएको छ।
११ स्थानीय उत्पादन, रोजगार, निःशुल्क शिक्षा र स्वास्थ्य खानेपानी जस्ता क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गरेका छन्। काम गर्ने नेतृत्वलाई जनताले जुनसुकै दलको भएपनि दोहोर्याएका छन् । जनताको घरदैलो सम्म पुग्ने भन्दापनि जनताकोलागि काम गर्ने नेतालाई रुचाएका छन् ।जुन निर्वाचनबाट देखिएको छ। यसमा दलीय प्रभाव भन्दापनि ब्याक्तीको योग्यतामा जनताले मत दिएका
छन्।
१२ धर्म संस्कृति र परम्पराप्रति राजनीतिक दलहरुले बढी नै लचकता देखाएका छन्। यसको स्पष्ट नीति राजनीतिक दलहरुले लिनुपर्ने जरुरी छ। यो निर्वाचनमा हिन्दुत्व, राजतन्त्रका विषयहरू प्रबल भएर आएका छन्। यसलाई सस्थागत गर्ने विषयमा अहिलेदेखि नै सोच्नु जरुरी छ।
१३ समाजमा विभेदको क्रमशः अन्त्य हुँदैछ । सामन्ती सोच, वर्ग विभेद क्रमशः अन्त्य हुँदैछ। अब परम्परागत धारणालाई जनताले विश्वास गर्दैनन्।नयाँ सोच भएका मानिसहरुलाई मन पराउँछन् भन्ने कुरा निर्वाचनबाट देखिएकाे छ।
१४ लोकतन्त्रमा नाे भाेटको आवाज राम्रो मानिँदैन । नेता र नेतृत्वले लोकतन्त्रको मर्मलाई न पछ्याउँदा यो अवस्था देखा पर्यो। अहिले लोकतन्त्र भित्रै नाे भाेटको प्रतिनिधित्व बालेन शाहले गरेका छन् ।बालेन समग्र देशको राजनीतिक परिवर्तनको संवाहक बनेर देखा परे।।उनलाई सफल पार्न सबै लाग्नैपर्छ। राजनीतिक दल हुन् चाहे स्वतन्त्र जनता सबैले परिवर्तनको सम्मान गर्नैपर्छ। किनकि बालेनकाे उदयले नेपालको समग्र राजनैतिक ,आर्थिक, सामाजिक परिवर्तनलाई प्रतिनिधित्व गरेको छ।
१५ भारतको आम आजमिको प्रभाव र नेताहरूको व्यवहारबाट वाक्कदिक्क भएका जनताहरू सुधार चाहन्छन। सुधार गर्न नेपालमा चमत्कारिक नेतृत्वको खोजी समाजले गरेको छ ।यसका लागि दलहरुले युवावर्गलाई राजनीतिमा ल्याउनु नै पर्ने हुन्छ। तब मात्र आफ्नो प्रभाव कायम गर्न सकिन्छ भन्ने निर्बाचनबाट देखिएको छ।
१६ जनमतकाे अवस्था हेर्दा प्रत्येक पाँच वर्षमा जनमतले प्रतिपक्षलाइ प्राथमिकता दिएको देखिन्छ। यसले भविष्यमा अब राजनीतिक ध्रुवीकरण हुँदैछ भन्ने निश्चित छ ।त्यसैले राजनीतिक दल, नेतृत्वहरुले अहिलेदेखि नै सिद्धान्त र धारणा मिल्ने दलहरुबीच एकीकरण हुनुपर्छ भन्ने देखिन्छ। यसकाे सङ्केत यो निर्वाचनले गरेको छ।
१७ गीत संगीत साहित्य, कलाकार, कलाकर्मीले नेपालको राजनीतिका राम्रा र नराम्रा क्षेत्रको गहिरो तस्वीर देखाएका छन्। उनीहरू पनि अब राजनीतिमा दख्खल राख्छन्। स्वामित्व लिन तयार छन्। र जनतालाई वास्तविक कुरा देखाउन उत्सुक छन् भन्ने कुरो यो निर्वाचनले देखाएको छ।
१८ जनताको मतको पूर्ण सदुपयोग हुन मतपत्र मसि यस्ता विषयको सही व्यवस्थापन हुनुपर्ने देखियो। झण्डै २० प्रतिशत मत बदर भएको छ.। यो जनताको मतको खिल्ली उडाए जस्तो भाे। नागरिक शिक्षा बढाउनुपर्छ। दिएको मतको सही सदुपयोग गर्न भोटिङ मेसिनको प्रयोग गर्नुपर्छ।
१९ कर्मचारी खटनपटनमा कमजोरी देखिएका छन् ।पहिलेको चुनाव भन्दा अहिले कर्मचारीहरूको लापरबाही बढी देखियो। यसबाट कर्मचारीप्रति अझ खराब दृष्टिकोण बन्न सक्छ। त्यसैले राम्रा र अनुभवी कर्मचारी खटाउनुपर्ने यो निर्वाचनले सन्देश दिएको छ।
प्रकाशित :२०७९ जेष्ठ ७, शनिबार ०९:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%