गृहले जिल्ला प्रशासनहरुलाई भन्यो, ‘तेस्रो लहरको कोरोना आउन सक्छ सबै तयारी गर्नु’

गृहमन्त्रालयले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै आवश्यक तयारीमा जुट्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।

Advertisement 1

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरेर सबै आइसोलेशन, मेडिकल कलेजहरु र अस्पतालहरुलाई व्यवस्थापन गर्न आग्रह गरेको छ ।

बिज्ञप्तिमा पहिलो र दोस्रो लहरका बेला सूचिकृत गरिएका अस्पतालहरु स्थागन गरिएकाले पुनस् व्यवस्थापन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्ने सचिव स्तरिय निर्णय साउन २५ गते नै भएको जनाइएको छ ।तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

प्रकाशित :२०७८ श्रावण २९, शुक्रबार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry