निवृत्त सचिव सरकारी गाडी चढेर दैनिक मन्त्रालयमा

उमेर हदका कारण अस्तिबाट अनिवार्य अवकाशमा गएका सचिव रविन्द्रनाथ श्रेष्ठ दैनिक जसो शहरी विकास मन्त्रालयमा छिर्ने गरेका छन् ।
५८ बर्षे उमेर हदका कारण अस्ति १० गतेबाट अवकाश पाएका मन्त्री श्रेष्ठलाई मन्त्रालयले विदाई कार्यक्रम राखेको थियो साढे चार बजेदेखि पौने ६ बजेसम्म । मन्त्रालयबाट विदावारी भएर निस्किएका सचिव श्रेष्ठ पछि सात बजेर पाँच मिनेटमा मन्त्रालयमा प्रवेश गरेर ८ बजेर ३५ मिनेटमा मन्त्रालयबाट निस्किएका थिए ।

Advertisement 1

शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जाँदाजाँदै कर्मचारी व्यापक सरुवा गरेको शहरी विकास मन्त्रालय स्रोतको भनाई छ । गत असोज ९ गते राती आठ बजे चार दर्जन भन्दा बढी कर्मचारीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । १ दिनपछि अवकाश हुने सचिवले नियम मिचेर डिजी सुरेन्द्रमोहन श्रेष्ठसँगको मिलेमतोमा कर्मचारीको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

अनिवार्य अवकाशमा गइसकेका सचिवले घर जानु अघि चार दर्जन बढी कर्मचारी सरुवा स्वीकृत गरेको मन्त्रालयले स्रोतले जनाएको छ ।

Advertisement 2

उनै सचिव श्रेष्ठ आज फेरि मन्त्रालयमा झुल्किए । बिहान ११ बजे उनी मन्त्रालयमा प्रवेश गरेका भए पनि अहिले २ बजेर २८ मिनेटमा उनी मन्त्री सीता गुरुङको कार्यकक्षमा छिरेका छन् । अवकाश पाइसकेका सचिव श्रेष्ठले आफूले चढ्दै आएका सवारी समेत हस्तान्तरण गरेका छैनन् । उनी आज पनि मन्त्रालयमा बी ए ए ६३६० नम्बरको सरकारी नम्बर प्लेटको गाडी चढेर मन्त्री गुरुङलाई भेट्न मन्त्रालयमा पुगेका हुन ।यस्तै भर्खरै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ पनि मन्त्रीको कार्यकक्षमा प्रवेश गरेका छन् ।

मन्त्री निवृत्त सचिवसँग व्यस्त भएसँगै अहिले मन्त्रीलाई भेट्न आएका सेवाग्राहीहरुको बाहिर भीड लागेको छ ।

प्रकाशित :२०८० आश्विन १२, शुक्रबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम