अर्बाै राजश्व छलीमा मुछियो नेपाल इन्भेष्टमेन्ट बैंक,अनुसन्धान शुरु

नेपाल इन्भेष्टमेन्ट बैंक राजश्व छलीजस्तो गम्भीर अपराधमा मुछिएको छ ।
Advertisement 1
बैंकविरुद्ध अर्बाै राजश्व छलीको अभियोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राजश्व अनुसन्धान विभागले बैंकका एक पछि उच्च अधिकारीहरुसँग बयान लिइरहेको पुल्चोकस्थित विभाग स्रोतले जनाएको छ ।
विभागका नयाँ कमाण्डरका रुपमा मदन दाहाल खटिएसँगै झण्डै ६ बर्ष अगाडिको राजश्व छलीको फाइल खोतलेर नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्न लागिएको हो ।
बैंकले ०७० सालदेखिकै तिनुपर्ने राजस्व दाखिला नगरेको भेटिएपछि राजश्व अनुसन्धान विभागले एक्सन लिन लागेको हो ।
राजश्व अनुसन्धान विभाग नै तातेर एक पछि अर्काे इन्भेष्टबैंकका पदाधिकारी तथा कर्मचारीलाई केरकार र अनुसन्धान गर्न थालेपछि त्यहाँका सिइओ ज्योती प्रकाश पाण्डेहरुको निन्द्रा गायब भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७०/०७१ को लागि निर्धारित आयकर तर्फ २ अर्ब ८७ करोड ५० लाख ३२ हजार २ सय ८१ रुपैयाँ करयोग्य आय कायम गरेको थियो । ठूला करदाता कार्यालयले १ करोड ५० लाख ६५ हजार मात्रै कर निर्धारण गरेको कागजात भेटिएपछि राजश्व छलीमा नेपाल इन्भेष्टमेन्ट बैंक डामिएको हो ।
Advertisement 2
यस्तै उसले आर्थिक वर्ष ०७१/७२ मा पनि राजस्व नतिरेको पाइएको थियो । राजस्व अनुसन्धान विभाग स्रोतबाट प्राप्त कागजातका अनुसार आर्थिक वर्ष ०७१÷७२ मा बैंकले २ अर्ब ७८ करोड ९८ लाख २६ हजार ९ सय ६६ रुपैयाँ करयोग्य आय निर्धारण भएको छ । तर, ठूला करदाता कार्यालयले इन्भेष्टमेन्ट बैंकलाई सो आर्थिक वर्षमा ९५ लाख मात्रै कर निर्धारण गरेको थियो ।
बैंकले झण्डै ५ अर्ब आयकर छली गरेको राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Advertisement 3
यदी इमान्दार ढंगले विभागका अधिकारीहरुले सत्य तथ्य जाँच गरेको खण्डमा झण्डै ५ अर्ब राजश्व छली गरेको इन्भेष्टबैंकका हर्ताकर्ताहरु फन्दामा पर्नेछन्,भनिदैंछ । यो प्रकरणमा बैंक उपर कारवाही भएमा अहिलेसम्मकै सबैभन्दा ‘ठूलो माछा’ फन्दामा पर्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले अर्बाै राजस्व छली गर्ने गरेको तथ्य इकर्मचारी डटकमले दुई बर्ष अघि नै प्रकाशन गरे भए पनि बल्ल राजश्व अनुसन्धान विभागलाई यस्मा तातो लागेर उसले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।