नासु नन्दकिशोर हाकिम बन्न नक्कली किर्ते

शिक्षा संयोजक (नायब सुब्बा) ले नन्दकिशोर गुप्ताले हाकिम बन्नको लागि नक्कली हस्ताक्षर गरेको खुलेको छ ।

Advertisement 1

नासु नन्दकिशोर गुप्ता नक्कली हस्ताक्षरसहित कार्यपालिका बैठकको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको खुलेको छ ।उनले निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडाध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षर गरेपछी उनीविरुद्ध जिल्ला प्रहरीमा उपप्रमुख आराले किर्ते जाहेरी दिन लागेकी छन् ।

दुई महिनाअघि मन्त्रालयले उपसचिव खिमबहादुर भुजेललाई ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । त्यसपछि सुब्बा गुप्ताले माघ २४ गते उपप्रमुख हुसने आराको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निमित्तको जिम्मेवारी दिन भनी चलानी नम्बरसमेत नक्कली राखेर मन्त्रालयलाई पत्र पठाएको फेला परेको नगरप्रमुख सन्तोष मेहताले बताए । उनले भने,‘प्रमुख बन्न यतिसम्म गलत काम गर्छ भन्ने कल्पना गर्न सकिँदैन ।’ यसअघि गुप्ताले सोही नगरपालिकामा दुई पटकसम्म निमित्तको जिम्मेवारी पाइसकेका छन् ।

Advertisement 2

पछिल्लो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत ल्याउन कार्यपालिकाको बैठकको निर्णयसहित सिफारिस पत्र पठाउने र सोही आधारमा मन्त्रालयले पनि जिम्मेवारी तोक्दै आएको थियो ।

 

प्रकाशित :२०७८ फाल्गुन २७, शुक्रबार ०९:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry